वाणिज्य बैंकहरूले तीन महिनामै कमाए रु. १८ अर्बभन्दा धेरै, कस्को कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २७ वाणिज्य बैंकले १८ अर्ब ११ करोड रुपियाँभन्दा धेरै नाफा आर्जन गरेका छन् । बैंकहरुको नाफा गत आर्थिक वर्षको यसै अवधिको भन्दा २४ प्रतिशतभन्दा धेरै हो ।

वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको यसै अवधिमा १४ अर्ब ६० करोड ४२ लाख रुपियाँ खुद नाफा आर्जन गरेका थिए । समीक्षा अवधिसम्ममा २३ वाणिज्य बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको भन्दा बढेको छ । बाँकी बैंकको नाफा भने केही घटेको छ । चालु आर्थिक वर्षमा बैंकहरुको निक्षेप संकलन घटे पनि कर्जा लगानी बढेको कारण नाफा बढेको हो । 

Advertisement

कुन बैंकको नाफा कति बढ्यो ?
समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंक एनआईसी एसिया छ । यस बैंकको नाफा एक अर्ब १८ करोड छ लाख ९० हजार रुपियाँ रहेको छ । यो बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको भन्दा १५.६४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको नाफा एक अर्ब दुई करोड १० लाख रुपियाँ थियो । 

यस्तै, समीक्षा अवधिमा सबैभन्दा धेरै प्रतिशत नाफा बढाउन सफल बैंक सिभिल रहेको छ । यस बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २००.९४ प्रतिशत बढेर २९ करोड १८ लाख रुपियाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस बैंकको नाफा नौ करोड ६९ लाख रुपियाँ मात्रै थियो । 

कुन बैंकको नाफा घट्यो ?
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म चार बैंकको नाफा घटेको छ । यस अवधिसम्म आउँदा सबैभन्दा धेरै नाफा नेपाल बंगलादेश बैंकको घटेको छ । यस बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको भन्दा २७.९३ प्रतिशतले घटेर ५४ करोड रुपियाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिसम्म बैंकको खुद नाफा ५७ करोड रुपियाँ थियो । 

यस्तै, गत वर्षको यसै अवधिमा भन्दा चालु आवको यस त्रैमाससम्ममा प्राईम कमर्सियल बैंक, प्रभु बैंक र कुमारी बैंकको नाफा पनि घटेको छ । 

Advertisement