बीओकेको सीईओमा श्रवणलाल मास्के नियुक्त

Advertisement

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवणलाल मास्के नियुक्त भएका छन् । 

बुधबार बसेको बैंक संचालक समितिको बैठकले मास्केलाई नियुक्त गरेको हो । विगत ३ महिनादेखि बैंकको कामु सीईओको रुपमा नेतृत्व गर्दै आएका उनलाई अहिले पूर्ण अधिकार दिइएको हो ।  

Advertisement

मास्केले बैंकको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । 

सन् १९८५ मा नबिल बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका मास्केसंग तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव रहेको छ, जसले उनलाई यस बैंकिङ क्षेत्रमा एक अनुभवी तथा कुशल ब्यवस्थापकको रुपमा स्थापित गराएको छ । 

नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्केले आफ्नो कार्यकालमा बैंकलाई  थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउन भूमिका खेल्ने बताए । 

Advertisement