ग्लोबल आइएमईको डीसीईओमा सुमन पोखरेल नियुक्त

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सुमन पोखरेल नियुक्त भएका छन् । यसअघि आइएमई समूहको सीईओ  रहेका उनलाई बैंक सञ्चालक समितिले डीसीईओ नियुक्त गरेको हो । 

पोखरेल आईएमई समूहका अध्यक्ष चन्द्र ढकालका एक विश्वासपात्रको रुपमा चिनिन्छन् । यसअघि ग्लोबल आइएमई बैंकको सञ्चालक समेत भइरहेका उनलाई बैंकको भावी सीईओको रुपमा ढकालले अघि बढाउन खोजेको अडकल गरिएको छ । एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेका उनले विभिन्न क्षेत्र हुँदै ग्लोबल आईएमई बैंकमा सहायक प्रवन्धक भएर समेत केही समय काम गरेका थिए । 

Advertisement

अहिले बैंकको सीईओमा रत्नराज बज्राचार्य छन् भने वरिष्ठ डीसीईओमा सुरेन्द्र रेग्मी छन् । आईएमई समूहका विभिन्न सहायक कम्पनीहरुमा समेत महत्वपूर्ण पदमा रहेका पोखरेलले ढकालको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालक भएर काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । 

Advertisement

Advertisement