सिटिजन लाइफको सीईओमा पोषकराज पौडेललाई दोहोर्याउने निर्णयलाई समितिको स्वीकृति

Advertisement

काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषकराज पौडेललाई निरन्तरता दिने कम्पनी सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति दिएको छ । 

पौडेलले थप चार वर्षे कार्यकालका लागि निरन्तरता पाएका छन् । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘सिटिजन लाइफमा पोषकराज पौडेललको कार्यकाल दोहोरिएको छ । उहाँलाई हामीले स्वीकृति दिएका छौं ।’ 

Advertisement

समितिले दुई वटा कागजपत नपुगेको भन्दै म्याद थपको निर्णय स्वीकृत गर्न ढिलाई गरेको थियो । अपुग पत्र आएपछि स्वीकृति दिइएको जनाइएको छ । पौडेलसँग बहुर्राष्ट्रिय कम्पनी अमेरिकन लाइफ इन्स्योरेन्स (मेटलाइफ)मा समेत काम गरेको अुनभव छ । उनी जीवन बीमक संघका उपाध्यक्ष समेत हुन् । 

Advertisement

Advertisement