नेपाल लाइफको सिनियर डीसीईओमा प्रवीणरमण पराजुली नियुक्त

Advertisement

काठमडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । आयतबार नै उनले आफ्नो कार्यभार पनि सम्हालेका छन् ।

पराजुलीले आफ्ना विगतका अनुभवको आधारमा थप कार्यक्षमता प्रस्तुत गर्ने बताउँदै संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न प्रयास गर्ने बताएका छन् । 

Advertisement

उनले नम्बर एक कम्पनीको हिस्सेदार हुन पाउनु गर्वको विषय हो भन्दै यसलाई आफूले अवसर र चुनौती दुवैको रुपमा लिएको बताएका छन् । उनी यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा सीईओ थिए । 

Advertisement