शेयर बजारका लगानीकर्ता नेप्सेको सीईओ नियुक्त

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को सीईओमा कृष्ण कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषदको माघ १७ गतेको बैठकले उनलाई सीईओ नियुक्ति गरेको हो । कार्की पाल्पा रिब्दिकोटका हुन् । 

यसअघि छनौट समितिले कार्कीसहित डा. रमेश भण्डारी, डा. केशवप्रसाद श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । नेप्सेको सीईओका लागि ११ जनाको आवेदन परेको थियो । कार्की शेयर बजारमा सक्रिय लगानीकर्ता हुन् । सिंचाइ मन्त्रालयबाट सेवानिवृत्त उपसचिव कार्की लामो समयदेखि शेयर बजारमा लाग्दै आएका थिए । 

Advertisement

अर्थ मन्त्रालयले सहसचिव रमेश केसीको संयोजकत्वमा सीईओ छनौट सिफारिस समिति गठन गरेको थियो । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल थिए । 

नेप्सेसहित नेपाल धितोपत्र बोर्ड नेतृत्वबिहीन हुँदा धितोपत्र बजारसँगसम्वन्धित धेरै नीतिगत र अरु कामहरु रोकिएको थियो । धितोपत्र बोर्ड र नेप्सेमा एकैपटक कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया अघि बढेको बेला कुन निकायमा कुन पार्टीनिकटलाई नियुक्ति गर्ने ? भन्ने कुरामा सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रबीच विवाद रहँदै आएको थियो । 

Advertisement