एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलालको आत्मसंस्मरण  ‘कृषि उद्यमदेखि जलविद्युतसम्म’ बिमोचित

Advertisement

काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको आत्मसंस्मरण  ‘कृषि उद्यमदेखि जलविद्युतसम्म’ पुस्तक बिमोचन भएको छ । 

उक्त आत्मसंस्मरण आइतबार काठमाडौंमा आयोजित विशेष समारोहका बीच बिमोचन गरिएको हो । उक्त पुस्तकको पहिलो खण्डमा  उनको परिवार, बाल्यकाल, र किशोर काल, दोस्रो खण्डमा व्यापार–व्यवसाय, र उद्योगतर्फको यात्रा तथा तेस्रो खण्डमा विविध प्रशंगहरुको बारेमा चर्चा गरिएको छ । 

Advertisement

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आतित्यमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई, चिकित्सक डा. भोला रिजाल  र डा. सन्दुक रुइत लगायतकाले दुगडको प्रशंसा गरेका थिए ।  

नेपाली उद्योग व्यवसायमा उनले पुर्याएको योगदानका बारेमा कार्यक्रममा उपस्थित अतिथिहरुले प्रशंसा गरेका थिए । कोरोना महामारी फैलिएको अवस्थामा घरभित्रै बस्नु पर्दा उक्त समयको सदुपयोग गरेको दुगडले बताए । 

Advertisement