Advertisement

काठमाडौं । नेकपा एमालेका नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पाँच जना नेता र ५५ जना व्यापारीले मुलुक कब्जा गरेको बताउँदै उनीहरुकै कारण मुलुक आर्थिक संकटमा पर्न लागेको बताएका छन् । 

बुधबार पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले मुलुक आर्थिक संकटमा पर्नुअघि नै ती नेता र व्यापारी देश छोडेर भाग्ने दावी गरे । उनले दुवईमा लामो समयदेखि अलपत्र रहेका नेपालीहरुको शबलाई आफूले खर्च गरेर ल्याउने कामको सुरुवात गरेको जानकारी दिँदै प्रसाईंले सो ठाउँमा जेलमा रहेका नेपालीहरुलाई स्वदेश फिर्तिका लागि पनि त्यहाँका राजकुमारसँग आफूले कुरा गरेको बताए । 

Advertisement

तर अलपत्र शब र जेलमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने कुरामा त्यहाँको नेपाली दूतावास र नेपाली राजदूतले सहयोग नगरेको उनको भनाई छ । प्रसाईंले नेपालमा संघीयताको जरुरी नरहेको र धर्मनिरपेक्षाता पनि जरुरी नरहेको बताउँदै नेताहरुका कारण मुलुक थप समस्यामा पर्न लागेको बताए । 

प्रसाईको आक्रोस भिडियोमा हेर्नुहोस्ः

Advertisement

Advertisement