Advertisement

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का नवनिर्वाचित अध्यक्ष निलहरि बाँस्तोला चुनावमा क्रममा आफूले गरेका प्रतिवद्धता कार्यान्वयन गर्न गम्भीररुपमा लाग्ने बताएका छन् । टानमा रोक्किएका धेरै काम सम्पन्न गर्नुपर्ने चिन्ता पनि उनमा देखिन्छ । बाँस्तोला कसरी अघि बढ्दैछन् ? उनीसँग कपोरेट नेपालकी फुर्पा शेर्पाले गरेको कुराकानीः 

टानको नयाँ अध्यक्ष भएर आउनु भएको छ । के छ तपाईंको कार्ययोजना ? 
टानको नयाँ कार्यसमितिको सपथग्रहण र पदभार ग्रहण भर्खरै सक्किएको छ । हाम्रो कार्ययोजना भन्दा पनि हामीले जुन कुराहरु व्यवसायीहरुमाझ राखेका छौंं, ती कुराहरु पूरा गर्न गम्भीररुपमा लाग्छौं । कहाँसम्म जान सकिन्छ ? कतिसम्म गर्न सकिन्छ ? भन्ने पनि एउटा पाटो छ । अर्को पाटो चाहिं टानमा जति गतिविधि हुनुपथ्र्यो, जति गतिविधि रोक्किएर बसेका छन्, ती काम पूरा गर्नुपर्ने अवस्था छ । कोरोना महामारीले गर्दा पनि कामहरु रोक्किएको थियो । धेरै जस्तो कामहरु लथालिङ्ग जस्तै छोडेको जस्तो देखिन्छ टानमा । त्यसलाई हामी सम्हाल्दै विस्तारै सही ठाउँमा लिएर जान्छौं । जस्तै कर्मचारी व्यवस्थापनदेखि लिएर आन्तरिक व्यवस्थापनलाई मिलाएर लाने योजना गरेका छौं ।  

Advertisement

विदेशी पर्यटक भित्राउन के कस्तो योजना ल्याउने तयारीमा हुनुहुन्छ ?  
यस विषयमा हामीले दुई–तीन वटा तरिकाले हेरेका छौं । जस्तै आन्तरिक पर्यटकहरुको कुराका लागि कुन गन्तव्यमा कुन तरिकाले योजना बनाउने एउटा कुरा हो । काठमाडौंको मानिसलाई पोखरा, चितवन वा लुम्बनीमा लक्ष्य गर्ने अथवा त्यहाँ तिरका मानिसलाई काठमाडौंतिर लक्ष्य गर्ने । जस्तै इभेन्टवाइज त्यस्तो कार्यक्रमले पनि एउटा माहौल सिर्जना गर्न सकिन्छ । यसको बारेमा पनि हामीले सोचिरहेका छौं । विदेशी पर्यटकहरुको हकमा चाहिं के छ ? भन्दा अलिअलि पर्यटकहरुको आगमन बढ्न थालेको छ । तर यसलाई पहिलाको लयमा ल्याउनका लागि मन्त्रालयसँग समन्वय, दूतावासहरुसँग समन्वय, सरसल्लाह गरेर जान्छौं । अब कुनै विशेष प्रस्तावहरु ल्याउन सकिन्छ कि ? भिसाको लागि केही गर्न सकिन्छ कि ? भन्ने लगायत कुराहरुमा हामी गृहकार्य गर्दैछौं । 

ट्रेकिङको लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने के कस्ता योजना छ ?
नयाँ गन्तव्यहरुको खोजी गछौं । नेपालका कति गन्तव्यहरु खोलेका छन् तर बजारीकरण नभएका थुप्रै छन् । टानको पश्चिमाञ्चल क्षेत्रीय संघले पोखरामा खोल्नुभएको र धेरै तयारी गर्नुभएको गन्तव्यहरु पनि बजारीकरण नभएको मैले महशुस गरेको छु । कति गन्तव्यहरु स्थानीय सरकार हुँर्दाखेरी पनि जुन गएको पाँच वर्षमा कति लगानी गर्नुभएको देख्छु । ती गन्तव्यलाई खोजी गरेर नयाँ गन्तव्य पहिचान गरेर बजारीकरण गर्न हामी लाग्छौं । तर यो चाहिं के छ भन्दा आजको भोलि हुने विषय भएन् । हामीलाई सायद करिब एक महिना आन्तरिक कार्यमै लाग्छ । आन्तरिक व्यवस्थापनभित्र योजना पनि सँगसँगै गरेर हामी छिटोभन्दा छिटो उत्पादनतिर लाग्छौं । बजारीकरणको योजनाहरु मन्त्रालय, दूतावासहरुसँग समन्वय गरेर तयारी गछौं ।

Advertisement

अन्नपूर्ण बेस क्याम्प ट्रेकिङमा पर्यटकहरुको रुची कम देखिन्छ । त्यसको लागि पनि केही सोच्नु भएको छ ?
अन्नपूर्ण क्षेत्रको कुरा गर्नुपर्दा हामीले थोरै एक्यापको कुराहरु पनि जोडनु पर्ने हुन्छ । किनभने विगतको कार्यकाल जुन पूर्वअध्यक्षहरुले पनि कुराहरु कति जोडनु भएको छ । कति जोड्नु भएको छैन् । त्यसलाई हेरेर एक्यापको संरक्षणको जुन सरकारको योजना छ, त्यो संरक्षणले कति कामहरु गर्नुभएको छ छैन् ? हेर्नुपर्छ । अन्नपूर्ण बेस क्याम्पको कुरा गर्दा छुम्लुङभन्दा माथि जाँदैगर्दा हामीसँग चार–पाँच वटा लजहरु भन्दा बढी छैन् । त्यो आज होइन बीसौ वर्षदेखि छैन् । एउटा लजमा १० जना मान्छेहरु बस्नु सक्नुहुन्छ । चार वटा लजमा एक दिनमा सयौं पर्यटक जानुभयो भने ओभरफ्लो हुन्छ । त्यो बेला के गर्ने ? त्यति धेरै चाहे जस्तो सुविधा पनि त्यहाँ पर्यटकहरुले लिन सकेका छैन्न् । एक्यापले बनाउन दिएको छैन् भन्ने कुराहरु सुनेको छु । अधिकार दिएको छैन् भन्ने विषय छ । अन्नपूण संरक्षण क्षेत्र मात्रै होइन, मकालु लगायतका धेरै संरक्षण क्षेत्रहरु छन् । हामी संरक्षण क्षेत्रहरुसँग बसेर सत्य के हो ? के गर्दा सजिलो हुन्छ ? के गर्दा राम्रो हुन्छ ? सहज केमा छ ? छलफल गर्न आवश्यक छ । एउटा कुरा हामीलाई पहिला बेचिरहेका ट्रेकिङ ट्राइलहरु अहिले रोडको बाटो भइसकेको छ । हामीले महिनो लगाएर ट्रेकिङ गर्ने रुटहरु अहिले आएर चार–पाँच दिनमा झरिसकेको छ । त्यो सँगसँगै चलिरहेको रुटमा बाटो त पुगेको छैन् । त्यसकारण सन्तुलनमा ल्याउनका लागि एक पटक चाहिं छलफल गरेर यसको निकास निकाल्छौं । 

नेपालको पदयात्रा तथा पर्वतारोहणलाई थप सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन के गर्नुपर्ला ?
आजको यो डिजिटल प्रविधिबाट गइरहेको जुन समय छ, यसलाई हामीले डिजिटललाइज नै गर्नुपर्छ । धेरैभन्दा धेरै प्रविधिको प्रयोग गरेर हाम्रा ग्राहकहरु कुन ठाउँमा पुग्नुभएको छ ? कहाँ पुग्नुभएको छ ? अनुगमन गर्न सक्ने पद्दतीको विकास गर्नु जरुरी छ । यसलाई कुनै मोवाइल एपद्धारा ग्राहकहरुले खबर गर्न सक्ने माध्यम बनाउने तरिकाले हामीले कुनै उपाय निकाल्नुपर्छ । ट्रेकिङ गर्न आएका पर्यटकहरु ठाउँमा हराउनु भयो ? भन्ने कुराहरु धेरै आउने गरेको छ । वर्षमा २–३ जना पर्यटकहरु हराइरहेका खबर आइरहेका छन् । त्यसलाई व्यवस्थापन गर्न, टिम्सलाई डिजिटलाइज बनाएर उहाँहरुलाई एपद्धारा सुचनाको नेटवर्कभित्र ल्याउनुपर्छ । जुन ठाउँमा पर्यटकहरुलाई समस्या पर्छ, त्यो ठाउँमा केही सहयोग गर्न सकिन्छ । यसतर्फ हामीले सोचिरहेका छौं । 

Advertisement