किसान लघुवित्तले सीईओ माग्यो

Advertisement

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत नियुक्ति खुलाएको छ। कम्पनीले सात दिनको समय दिएर इच्छुकबाट दर्खास्त माग गरेको हो।

राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय संस्थाको अनुमति पाएको कम्पनीले आगामी चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गर्न खोजेको हो। कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्नका लागि चार्टर्ड एकाउन्टेन्ट, व्यवस्थापन, बैंकिङलगायत वबिषयमा स्नातकोत्तर गरेको हुनु पर्ने छ।

Advertisement

यसबाहेक बैंक तथा वित्तीय संस्थामा प्रबन्धक भएर १० बर्ष काम गरेको अनुभव हुनु पर्ने छ। उमेर ४० नाघेको तर ६० ननाघेको हुनु पर्ने छ। तलब भने आपसी समझदारीमा तोकिने कम्पनीले जनाएको छ।

Advertisement

Advertisement