Advertisement

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो मल्ट्रिब्राण्ड सपिङ स्टोर ‘बिग डिजिटल’को बुधबार शुभारम्भ सुरु गरेको छ । सिजी इलेक्ट्रोनिक्ससँग प्रतिस्पर्धा गर्न भन्दै सुरु गरिएको बिग डिजिटलको पहिलो स्टोरको आज ग्वार्को चोकमा नायिक स्वस्तिमा खड्काले शुभारम्भ गरेकी हुन् । खड्का यस स्टोरको ब्राण्ड एम्बासडर पनि हुन् । 

एउटा छानामुनी ९२ भन्दा धेरै ब्राण्डको घरायसी तथा विद्युतीय सामग्री ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले फरक अवधारणामा सुरु गरिएको यस स्टोरको विस्तार चाँडै काठमाडौं उपत्यकामा चार वटा सुरु गर्ने र त्यसपछि देशभर विस्तार गर्ने योजना बनाइएको छ । यस स्टोरमा ल्याबटप, मोवाइलदेखि साङ्गीतिक उपकरणहरुसम्म राखिएको छ ।  

Advertisement

ऋाजको कार्यक्रममा बिग डिजिटलकी ब्राण्ड एम्बासडर खड्का, यसका प्रमुख कार्यकारी अधिकृत विक्रमेश ओझा, त्रिवेणी समूहका निर्देशक शैलेस संघईलगायतले बोलेका थिए । ओझा र संघईले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकलाई उपलब्ध गराउने उद्देश्य विग डिजिटलको रहेको बताएका थिए । 

ग्राहकले खरीद गर्दा गोलाप्रथाबाट विभिन्न आकर्षण उपहारबाहेक सत प्रतिशत नगद फिर्ता पनि प्राप्त हुने जनाइएको छ । साथै, उनीहरुले खरीद गरेको सामानको निःशुल्क डेलिभरी र जडानको सुविधासमेत दिने जनाइएको छ । 

Advertisement

Advertisement