उपाय सिटी कार्गोले ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ सुरु गर्यो, देशका तीनसय शहरमा पुग्ने योजना

Advertisement

काठमाडौं । डिजिटल कार्गो कम्पनी ‘उपाय सिटी कार्गो नेपाल’ले आफ्नो नयाँ सेवा ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको छ । 

साना तथा ठूला व्यापार एवं साधारण ग्राहकहरुलाई समेत विशिष्ट ढुवानी सेवा प्रदान गर्दै आएको कम्पनीले ‘उपाय अन डिमाण्ड’ र ‘मेरो उपाय’ जस्ता सेवाहरुको सफलतापछि तेस्रो सेवाको रुपमा ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ सुरु गरेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

Advertisement

नयाँ सेवाअन्तर्गत एकैसाथ धेरै ठाउँमा सामान डेलिभरी गर्न सकिने कम्पनीका प्रबन्ध निर्देशक सुमन रायमाझीले बताए । उनले भने, ‘यो सेवा प्रदान गर्न उपायले रुट प्लानिङ प्रणालीको प्रयोग गर्छ जसले गर्दा ढुवानीमा लाग्ने समय र पैसा दुबै बचत हुन्छ ।’

रायमाझीका अनुसार रुट प्लानिङ प्रणालीअन्तर्गत सामानको डेलिभरी गर्नुपर्ने ठाउँ अनुसार प्याकेजलाई छुट्याइन्छ र सोही अनुरुप डेलिभरी गरिन्छ । कम्पनीले सामान छुट्याउन अत्याधुनिक बारकोड प्रणालीको प्रयोग गर्छ । 

उनले थपे, ‘उपाय फुलफिल्मेन्ट सर्भिस’मार्फत एकैसाथ धेरै सामानको पिकअप, सर्टिङ, बण्डलिङ र डेलिभरी गर्न सकिन्छ ।’

उपायले हाल काठमाडौंका ९ ठाउँमा केन्द्रहरु बनाई साना वस्तुहरुको सुविधाजनक तथा किफायती डेलिभरी सेवा प्रदान गरिरहेको जनाएको छ । उसका अनुसार आगामी २ महिनाभित्र नेपालभरी सामान डेलिभरी सेवा पुर्याउने लक्ष्य राखिएको छ । त्यसका लागि नेपाललाई ६ भागमा विभाजित गरिने छ । काठमाडौंबाहेक चितवन, विराटनगर, हेटौंडा, बुटवल, भैरहवा गरी सात ठाउँमा सामान डेलिभरी सेवा उपलब्ध गराइरहेको उपायमा हाल १६० जनाले रोजगारी पाएका छन् । 

रायमाझीका अनुसार कम्पनीले ‘उपाय फुलफिल्मेन्ट सर्भिस’लाई थप विस्तार गरी आगामी दिनमा नेपालका तीन सय शहरमा डेलिभरी सेवा पुर्याउनले योजना रहेको सुनाए । 

उपायका निर्देशक सन्दिप सुवेदीले उपाय फुलफिल्मेन्ट सर्भिसमार्फत ग्राहकले आफ्नो सामानलाई फुलफिल्मेन्ट सेन्टरमा पनि राख्न सक्ने बताए । उनले भने, ‘यदि तपाईं काठमाडौंमा अनलाइन व्यवसाय गर्दै हुनुहुन्छ र सबैभन्दा राम्रो, भरपर्दो र सस्तो डेलिभरी पार्टनर खोज्दै हुनुहुन्छ भने यो सेवा उपयुक्त हुनेछ ।’

Advertisement