चौधरी ग्रुपले सिजी डिजिटल र एलजीका शोरुमहरु देशभर बिस्तार गर्दै

Advertisement

काठमाडौँ । चौधरी ग्रुपले देशभरीनै सिजी डिजिटल र एलजीका शोरुमहरु बिस्तार गर्ने भएको छ ।  

सिजी डिजिटल तथा एलजी सपि शोरुमहरुबाट सिजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डहरु एलजी सिजी, गोद्रेज, टिसिएल., सेन्साई, केन्ट, पिजन, एलिका, ब्ल्याक प्लस डेकर, बेको, माईडिया, र क्रमटन जस्ता ब्राण्डका १००० भन्दा बढी घरायसी उपकरण विक्री वितरण हुने गर्दछ । 

Advertisement

कम्पनीको स्वामित्वमा रहेको सबै भन्दा ठूलो प्रिमियम इलेक्ट्रोनिक्स सिजी डिजिटल तथा एलजी सपि शोरुमहरुमा हरेक सामान खरिद गर्दा विषेश छुट प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुको सुविधालाई मध्य नजर गर्दै देशभरि फ्रि डेलिभरी उपलब्ध छ । 

सामान बेचिसकेपछि आफ्टर सेल्स सर्भिस, फ्रि माईक्रोवेभ कुकिङ क्ल्यास माईक्रोवेभ ओभन किने पछि कसरी चलाउने सिकाईन्छ । वासिङ मेसिन को पनि फ्रि डेमो अथवा वासिङ मेसिन कसरी चलाउने भन्ने लुगा धोएर नै सिकाईन्छ । डिसवासर कसरी चलाउने भन्ने लाईभ डेमो गरेर नै देखाईन्छ । त्यसैगरी ० प्रतिशत किस्ताबन्दीमा सजिलैसँग सामान किन्न सकिन्छ । अन्य सुविधाहरु एक्सचेन्ज अफर, लोयल्टी प्रोग्राम छन् । लोयल्टी प्रोग्राम अन्तर्गत हरेक सामानको खरीदमा अझै थप अफरहरु प्राप्त गर्न सकिन्छ ।

पीएमएसको सुबिधा अन्र्तगत सिजी डिजिटल तथा एल.जी. सपि शोरुमहरुबाट वासिङ मेसिन वा फ्रिज खरिद गर्दा नियमितरुपले निवारक मर्मतका लागि ग्राहकहरूको ढोका ढोकामा पुगी हाम्रो सेवा टोलीले नियमित रूपमा निःशुल्क सेवा प्रदान गर्दछ जसले गर्दा उपकरणहरु लामो समयसम्म टिक्दछ ।

नेपालको सबैभन्दा ठूलो प्रिमियम मल्टि ब्राण्ड इलेक्ट्रोनिक्स तथा चौधरी ग्रुपको आफ्नै सिजी डिजिटल र एलजी सपि शोरुमहरु काठमाडौँको मुख्य स्थानहरुमा १७ ओटा छन् भने काठमाडौँ भन्दा बाहिर बिराटनगर, इटहरी, हेटौडा र भरतपुर चितवनमा खुलिसकेको कम्पनीले जनाएको छ । 
 

Advertisement