हिमालयन हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारबाट कारोबार हुने, ओपन रेञ्ज कति ?

Advertisement

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडको १ करोड ९ लाख ५० हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । 

आयोजना प्रभावितका लागि बिक्री गरिएको ९ लाख कित्ता, सर्वसाधारणका लागि (सामुहिक लगानी कोष र कर्मचारीहरुसमेत) का लागि बिक्री गरिएको १३ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुको ८७ लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो । 

Advertisement

नेप्सेमा सूचीकृत भएसँगै अब उक्त कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ । 

शेयर कारोबारका लागि रु. ७६.३३ देखि रु. २२८.९९ सम्म ओपन रेञ्ज दिइएको नेप्सेले जनाएको छ ।   
 

Advertisement

Advertisement