ब्रिटिस कलेजले जित्यो इन्टर कलेज फुटसल प्रतियोगिताको उपाधि

Advertisement

काठमाडौं । ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्टको उपाधि ब्रिटिस कलेजले जितेको छ । आज भएको फाइनल प्रतियोगितामा एपेक्सलाई हराउँदै ब्रिटिस कलेजले उपाधि जितेको हो ।   

प्रतियोगितामा विजयी भएको ब्रिटिसले एक लाख नगद पुरस्कार पाएको छ । त्यस्तै, फष्ट रनरअपले ५० हजार, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले नगद दश हजार रुपियाँ पाएका छन् । 

Advertisement

द ब्रिटिस कलेजको आयोजनामा ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्टमा काठमाडौंका विभिन्न १३ वटा कलेजहरुको सहभागिता थियो । प्रतियोगिता साउन १९ र २० गते बालुवाटरस्थित ढुक फुटसलमा सञ्चालन गरिएको हो । 

ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा सहभागिता जनाएका हुन् । 

प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको थियो भने एयरलाइन्स पार्टनर टर्किस एयरलाइन्स, ट्राभल पार्टनर मोटो बुटिक होटल र मेडिकल पार्टनर बयोदा हस्पिटल थिए ।

कलेजले सन् २०१८ र २०१९ मा प्रतियोगितामा सञ्चालन गरेपनि त्यसपछि लगातार दुई वर्ष कोरोना महामारीका कारण उक्त प्रतियोगिता हुन सकेको थिएन । 

ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले कोरोना महामारीको कारण केही वर्ष यो कार्यक्रम नभए पनि अहिले विशेष उत्साहका साथ सम्पन्न गर्न सफल भएको बताए । उनले पहिलेका भन्दा धेरै टोलीलाई सहभागी गराई प्रतियोगिता सञ्चालन गरिएको बताए । 

 

Advertisement

Advertisement