अष्ट्रेलिया र क्यानडा जाने विद्यार्थीलाई लक्षित गरेर साउन ३० मा ‘एड्मिशन डे’ मनाउँदै एसआईईसी

Advertisement

काठमाडौं । परामर्श सेवाका क्षेत्रमा परिचित अन्तर्राष्ट्रिय संस्था एसआईईसीले विद्यार्थीहरुलाई अष्ट्रेलिया र क्यानडालक्षित एक दिने परामर्श दिवस सञ्चालन गर्ने भएको छ । पुतलिसडकमा कार्यालय रहेको यस संस्थाले आउँदो साउन ३० मा ‘एड्मिशन डे’ मनाउन लागेको हो । अष्ट्रेलिया र क्यानडामा पनि उक्त दिन ‘एममिसन डे’ मनाउन लागिएकाले नेपालमा पनि एसआईईसीले सो दिवस मनाउन लागेको हो । 
 
‘एड्मिशन डे’मा भारत तथा क्यानडाका विज्ञहरुको उपस्थिति रहने एसआईईसीका निर्देशक नवराज केसीले बताए । उनले भारत र क्यानडामा शैक्षिक क्षेत्रमा २० देखि ३० वर्षसम्म काम गरेको अनुभव हासिल गरेका विज्ञहरुले आएर परामर्श सेवा दिने बताउँदै भने, ‘उक्त दिन विद्यार्थीहरुले आएर विदेशी कलेजहरुको बारेमा प्रत्यक्ष जानकारी लिन सक्नुहुनेछ । हामीले विगतमा अनलाईनबाटै मेलाको आयोजना गरेका थियौं । त्यति बेला पनि विद्यार्थीहरुले राम्रै सहभागीता जनाउनु भएको थियो ।’ 

पढ्नका लागि विदेश जाने विद्यार्थीहरुले भिसा बदर हुने धेरै समस्या भोग्नु परे पनि आफूहरुले त्यस्तो स्थिति आउन नदिन निकै पहल गर्ने गरेको र केसीले आफूहरु प्रत्यक्षरुपमा धेरै विश्वविद्यालयहरुसँग आवद्ध रहेकाले धेरै विद्यार्थीहरुको विश्वास जित्न सफल हुँदै आएको बताए । 

Advertisement

Advertisement

Advertisement