साना किसान लघुवित्तको नाफा बढ्यो

Advertisement

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य वृद्धि भएको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसारअघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा सामान्य बढेको हो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ७० करोड ८३ लाख २९ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.४५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६० करोड ३१ लाख ११ हजार रुपियाँ खुद नाफा कमाएको थियो।

Advertisement

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.०१ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी १०.६६ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा १६.३९ प्रतिशत बढेको छ।

खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपियाँ ९१ पैसा घटेर ४५ रुपियाँ २८ पैसा कायम भएको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६६ रुपैयाँ ८ पैसा छ। १ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको सापटी २४.५३ प्रतिशत र कर्जा २२.७३ प्रतिशत बढेको छ।

Advertisement

Advertisement