मेगा बैंकको ‘मेगा म्याजिक मुद्दती योजना’: यसरी पाइन्छ ६ गुणासम्म प्रतिफल

Advertisement

काठमाडौँ । मेगा बैंकले आफ्ना ग्राहक माझ ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’ ल्याएको छ । 

मेगा बैंकमा नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्ने ग्राहकहरुले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । संस्थागत मुद्दती खाता खोलेका ग्राहकहरुले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । त्यसै गरी रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले ७० महिनादेखि १८० महिना भित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । 

Advertisement

बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले रु. १ लाखदेखि माथि र संस्थागत मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले रु. ५ लाखदेखि माथि रकम जम्मा गरी आफुले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने मेगा बैंकले जनाएको छ । 

यस योजनाले ग्राहकहरुलाई बचतमा प्रोत्साहन गर्नुका साथै ग्राहकहरुलाई उचित प्रतिफल पनि दिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement