आयातमा प्रतिबन्ध लगाइएका वस्तुहरु अहिले बजारमा छ्यापछ्याप्ती छः कमलेश अग्रवाल

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले आयातमा प्रतिबन्ध लगाइएका वस्तुहरु अहिले चोरी पैठारीमार्फत बजारमा छाप्छ्याप्ती भएको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले प्रतिबन्धित वस्तुहरुबाट एकातिर सरकारले राजश्व गुमाइराखेको र अर्कोतर्फ अनौपचारिक अर्थतन्त्रबाट चोरीपैठारीका सामानको भुक्तानी भइराखेको बताए । 

Advertisement

अग्रवालले भने, ‘हाल समग्र अर्थतन्त्रको सूचकहरु राम्रै छ विदेशी मुद्राको संचिति, रेमिट्यान्स बढेकाले वस्तु आयातमा पूरै प्रतिबन्ध लगाउनुभन्दा खुकुलोपन ल्याउनुपर्ने हो । आयात खुकुलो गरेको खण्डमा आर्थिक गतिविधि विस्तारमा सहजता हुने र सरकारको राजश्व पनि बढ्ने उनको तर्क छ । 

अग्रवालले केही दिन अगाडि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले छिट्टै आयातमा सहजता दिन्छौं भनेकाले प्रतिबन्धित वस्तुमा केही खुकुलोपन हुनेमा विश्वस्त भएको सुनाए । उनले भारतले गहुँ, धान, चिनीको निकासीमा लगाएको प्रतिबन्ध खुल्नेमा विश्वस्त रहेको बताए ।

Advertisement