रत्नपार्कमा सञ्चालन भयो विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन

Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । मंगलबार उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले यसको उद्घाटन गरेकी हुन् । 

देशका विभिन्न स्थानमा यस्ता चार्जिङ स्टेशन बनाउने बताउँदै आएको प्राधिकरणले रत्नपार्कस्थित आफ्नो कार्यालयसँगै चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो । आन्तरिक खपत बढाउनेभन्दा पनि निर्यातमा जोड दिँदै आएको प्राधिकरणमाथि सहुलियतमा बिजुली उपलब्ध गराएर  विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्न जनदबाब बढ्दै गएको छ । 

Advertisement

प्राधिकरणले राजमार्ग तथा विभिन्न शहरमा गरी ५१ वटा चार्जिङ स्टेसन बनाउने योजना रहेको बताउँदै आएको छ । त्यस्ता स्टेशनमा चार्ज गरेवापतको रकम अनलाइनमार्फत पनि गर्न सकिने सुविधा मिलाउने जनाइएको छ । 

प्राधिकरणले ब्याट्रीको क्षमताअनुसार आधादेखि एक घण्टासम्ममा पूर्णरुपमा चार्ज गर्न सकिने छ । पेट्रोलियम पदार्थ प्रयोग गर्दा लाग्ने खर्चको तुलनामा विद्युतबाट सवारी साधन चलाउँदा गुणात्मकरुपमा सस्तो पर्न जान्छ । 

Advertisement

Advertisement