निजगढमा खुल्यो अत्याधुनिक पेट्रोल पम्प, एकै पटकमा आठ वटा सवारी साधनले इन्धन भर्न पाउने

Advertisement

काठमाडौं । बारा जिल्लाको निजगढ नगरपालिकामा अत्याधुनिक प्रविधि सहितको पेट्रोल पम्प सञ्चालनमा आएको छ । 

निजगढ नगरपालिका वडा नं ७ स्थित महेन्द्र राजमार्गमा एक जगत आयल स्टोरले नयाँ पम्प सञ्चालनमा ल्याएको हो । निजगढ क्षेत्रमा यसअघि एउटा मात्रै पेट्रोल पम्प सञ्चालनमा रहेको थियो । जसका कारण स्थानीयले सहजै इन्धन पाउन सकेका थिएन । 

Advertisement

यस क्षेत्रमा दोस्रो पेट्रोल पम्प सञ्चालनमा आएपछि स्थानीयलाई सहज हुने स्थानीय व्यवसायीहरुको भनाई रहेको छ । 

युवा व्यवसायी सुनिल तिमल्सिनाले यस आयल स्टोर सञ्चालनमा ल्याएका हुन् । पम्पमा अपाङ्गमैत्री शौचालय, चमेनागृह, किराना पसल लगायतको सुविधा समेत सञ्चालन हुनेछ । पम्प सौर्य ऊर्जाबाट समेत सञ्चालन हुने र डिजिटल विलिङबाट पनि भुक्तानी गर्ने सुविधा राखिएको संचालक तिमल्सिनाले बताए । 

तिमल्सिनाका अनुसार सो पम्पमा एकै पटकमा आठ वटा सवारी साधनले इन्धन भर्न पाउने छन् भने चौबिसै घण्टा पम्पले उपभोत्ताहरुलाई सेवा दिनेछ  ।

सो पम्पमा एक लाख साठी हजार लिटर भण्डारण क्षमताको ट्याङ्की रहेको छ । जसमध्ये एक लाख लिटर डिजेल र ६० हजार लिटर पेट्रोल भण्डारण क्षमता रहेको छ । पेट्रोल पम्पको अभावका कारण जिल्लाका उपभोक्ताहरु ड्रम तथा बोत्तलबाट बिक्री हुने इन्धन उपयोग गर्न बाध्य रहेका थिए । आयल निगमको आधिकारिक पेट्रोल पम्प सञ्चालनमा आए पछि डिजेल र पेट्रोलको कालो बजारी रोकिने सञ्चालक तिमल्सिनाको दाबी रहेको छ ।

Advertisement

Advertisement