नेपाल पुनर्बीमा कम्पनीले शोधवृत्ति गर्ने विद्यार्थीलाई एक लाखदेखि चार लाखसम्म सहयोग गर्ने

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले उच्चशिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई शोधवृत्तिको अवसर उपलब्ध गराएको छ । कम्पनीले हाल उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले शोधवृत्तिका लागि सात लाख रुपियाँसम्म्म पाउने हुन् ।

तत्काल स्नातकोत्तरको लागि एक लाख, एमफिलका लागि दुई लाख तथा विद्यावारिधिका विद्यार्थीलाई चार लाख रुपियाँ गरी जम्मा सात लाख रुपिया प्रदान गर्ने नेपाल पुनर्बीमा कम्पनीले जनाएको हो । 

Advertisement

विद्यार्थीहरुले आफ्नो रिसर्च, अनुसन्धानमा जोखिम समूहहरुको पहिचान गरी त्यसको विश्लेषण गर्नुपर्ने गरी कम्पनीको शोधवृत्ति सञ्चालन कार्यविधि २०७८ जारी भएको छ ।

त्यस्तै, चालु आर्थिक वर्ष २०७९।८० को लागि स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत नेपालको जोखिम व्यवस्थापन, बीमा, पुनर्बीमाका सिद्धान्त र अभ्यासको प्राज्ञिक प्रवर्द्धन गर्न तथा बीमाको ज्ञानको विस्तारको लागि शोधवृत्ति रकम प्रदान गर्न लागिएको हो ।

इच्छुक विद्यार्थी र शोधार्थीहरुले आगामी कार्तिक ३० गतेभित्र कम्पनीमा इमेल गर्नु पर्नेछ । आवश्यक काजजाज समेत अनलाईनमार्फत नै समावेश गर्न सकिने जनाइएको छ । 

Advertisement

Advertisement