म्यानले पहिलो पटक गरेको प्रक्षेपणमा यस बर्षको आर्थिक वृद्धिदर ३.०९ प्रतिशत हुने

Advertisement

काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)ले पहिलो पटक आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको छ । उसको अनुमानअनुसार यस बर्ष आर्थिक वृद्धिदर ३.०९ हुनेछ । 

छ महिनाको तथ्यांक राष्ट्रिय तथ्यांक विभाग र दुई महिनाको तथ्यांक आफै संकलन गरी म्यानले यो प्रक्षेपण गरेको जनाएको छ । 

Advertisement

म्यानले भनेको छ, ‘क्षेत्रगतरुपमा चालु आवमा हुने आर्थिक वृद्धिको अनुमान तयार गरिएको छ । यो अनुमान तयार गर्न राष्ट्रिय तथ्यांक कार्यालयले विगतमा तयार गरेको औद्योगिक वर्गीकरणअनुसारको कुल गार्हस्थ उत्पादनका अनुमानहरुको साथै चालु आजका हालसम्म उपलब्ध सबै आर्थिक तथ्यांकको प्रयोग गरिएको छ ।’ 

सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध तथ्यांकको प्रयोग गरिएको यो प्रक्षेपण तयार गर्दा गैरसरकारी क्षेत्रबाट उपलब्ध तथ्यांकमा पूर्ण विश्वस्त हुनेसक्ने अवस्था नरहेको, सरकारी तथ्यांकमा पनि सामञ्जस्यता नदेखिएको भन्दै म्यानले यस आवमा उपभोक्ता मूल्यमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर चार प्रतिशतभन्दा कम हुने अध्ययनले देखिएको जनाएको छ । 

undefined
 

Advertisement

Advertisement