सबै अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडेलमा सञ्चालन गरिने, निगम व्यवस्थापन करारमा लाने

Advertisement

काठमाडौं । सरकारले काठमाडौं, पोखरा, भैरहवा र पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित पीपीपी मोडेलमा सञ्चलान गर्न अध्ययन समिति गठन गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो प्रस्ताव पास गरेको हो । अध्ययन समिति बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो । विमानस्थल बारे अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानीबोर्डका सहसचिव र सदस्य सचिव रहने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दिपेन्द्र श्रेष्ठ रहेको पाँच सदस्यीय समिति गठन गरिएको हो ।

Advertisement

त्यस्तै, नेपाल वायुसेवा निगमको व्यवस्थापन करारमा दिनेबारे अध्ययन गर्न राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा, व्यवस्थापन विज्ञ टिकराम राई, पर्यटन विभागका महानिर्देशक, अर्थ मन्त्रालयको प्रतिनिधि र निगमको अर्थ विभाग प्रमुख सदस्य रहने गरि पाँचको समिति बनाउने निर्णय भएको छ । 

समितिलाई ४५ दिनको समय अवधि दिइएको छ । यससँगै तत्काल भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउनुपर्ने र भत्किएको संरचना नागरिक उड्डयन प्राधिकरणले निर्माण गर्ने, घोडा नयाँ व्रिडिङ सेन्टरका लागि नेपाली सेनालाई शक्तिखोरमा जग्गा उपलब्ध गराउने र खर्च हुने संभावित रकम सरकारले व्यवस्था गर्ने निर्णय भएको पर्यटन मन्त्रालयले जनाएको छ । 

Advertisement

Advertisement