हिम इलेक्ट्रोनिक्सले काठमाडौँमा शुरु गर्यो सामसुङ स्मार्ट प्लाजाको नयाँ शाखा

Advertisement

काठमाडौँ । हिम इलेक्ट्रोनिक्सले काठमाडौँको नँयाबजार खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा उद्घाटन गरेको छ ।

शाखाको उद्घाटन सामसुङ साउथवेस्ट एसिया ब्रान्च हेड मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका हुन् । 

Advertisement

नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक समेत रहेको हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई पनि अपग्रेड गर्दै देशकै उत्कृष्ठ बनाएको जनाएको छ ।

उक्त अवसरमा हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले हिम इलेक्ट्रोनिक्सका अहिले उपत्यका बाहिर पाँच वटा सामसुङ स्मार्ट प्लाजा रहेको र हालसम्म उपत्यकाभित्र छ वटा आउटलेट सञ्चालनमा रहेको बताइन् । 

निर्देशक गोल्छाले हिम इलेक्ट्रोनिक्सले सामसुङ स्मार्ट प्लाजाहरू मार्फत उच्च र गुणस्तरीय सेवा देशभरका सम्पूर्ण ग्राहकहरूलाई प्रदान गर्दै आइरहेको र भबिष्यमा आउटलेटहरु बिस्तार गर्दै ग्राहकहरूलाई सामसुङका गुणस्तरीय सामाग्री उपलब्ध गराउने जानकारी गराइन् ।

सामसुङ स्मार्ट प्लाजाले सामसुङ होम अप्लायन्सेसदेखि सामसुङ मोबाइल फोनसम्मका सामाग्रीहरू बिक्री गर्दछ । 

Advertisement