एईसीसी ग्लोबलको बृहत अष्ट्रेलियन शैक्षिक मेला भोलिदेखि काठमाडौंको डिल्लीबजारमा

Advertisement

काठमाडौं । नेपालसहित विभिन्न मुलुकमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय शैक्षिक परामर्श संस्था एईसीसी ग्लोबलले आइतबार र सोमबार काठमाडौंमा शैक्षिक मेला आयोजना गर्दै छ । 

शैक्षिक परामर्श तथा भिसा प्राप्त गर्ने कुरामा सबैभन्दा भरपर्दो संस्थाको रुपमा रहेको एईसीसी ग्लोबलले ‘फ्रि इन हाउस स्टुडेन्ट एक्स्पो’ आयोजना गर्न लागेको हो । दुवै दिन बिहान ९ः३० देखि बेलुकी ५ः३० बजेसम्म एईसीसी ग्लोबल नेपालको कार्यालयमा आयोजना हुने मेला अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई मात्रै लक्षित गरेर आयोजना गर्न लागिएको हो । 

Advertisement

यो मेला एईसीसी ग्लोबलको बार्षिक नियमित कार्यक्रम हो । यस मौकामा नेपाली विद्यार्थीहरुले अष्ट्रेलियाका प्रमुख शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग व्यक्तिगतरुपमा भेट्न सक्छन् । उनीहरुले विभिन्न जानकारीहरु हासिल गर्ने क्रममा अहिलेको ट्रेण्डिङ, पाठ्यक्रमको डिमाण्ड, अष्ट्रेलियाको गृह तथा भिभासम्वन्धी अद्यावधिक नीति, छात्रवृत्ति, जागिरका अवसर, अध्ययनपछि काम गर्न पाउने नीति जस्ता बारेमा सोध्न र बुझ्न सक्नेछन् । 

एक्स्पोमा एईसीसी ग्लोबलका अनुभवी र पुरस्कृत परामर्शदाता, भर्ना तथा भिसा टिम समावेश हुने र उनीहरुले विद्यार्थीहरुलाई भिसासम्वन्धी नीति, प्रक्रिया, फाइलिङ विधि जस्ता कुराहरुले जानकारी दिनेछन् । यसले विद्यार्थीहरुलाई भिसा प्रक्रिया सहज बनाउन, वैधानिक प्रक्रियाबाट काम गरी भिसाको सुनिश्चितता गर्न सहयोग गर्ने कम्पनीको भनाई छ ।

एईसीसी ग्लोबलको मुख्य कार्यालय अष्ट्रेलियाको मेलबोर्न छ जसले विश्वका ५० हजारभन्दा बढी विद्यार्थीलाई ७५० भन्दा धेरै उत्कृष्ट शैक्षिक संस्थाहरुमा वैदेशिक अध्ययनको अवसर प्रदान गर्न सफल सफल रहँदै आएको छ । यसका विश्वभर ४५० भन्दा बढी कर्मचारी र १५ देशमा ४२ वटा शाखाहरु रहेका छन् ।

Advertisement

Advertisement