न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन, खेलकूद पर्यटनलाई प्रवर्द्धन गरिने

Advertisement

काठमाडौं । साहसिक पर्वतीय खेलकुदको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाको न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन गरिएको छ । 

अन्तर्राष्ट्रिय माउण्टेन गाइड तथा प्रशिक्षक ङवाङ नीमा शेर्पाको अध्यक्षतामा न्यूयोर्क राज्यमा गठन भएको यस संस्थाले पर्वतीय खेलकूदमा नेपालीमूलका अमेरिकीलाई ओलम्पिकसम्म पुर्याउने लक्ष्य राखेको छ । 

Advertisement

संस्थाको उपाध्यक्षमा गाइड पेमा शेर्पा, महासचिवमा पर्वतीय खेलकूद क्षेत्रका सञ्चारकर्मी सन्जोग आचार्य, सचिवमा सगरमाथा आरोही मिङमा टी शेर्पा र कोषाध्यक्षमा पर्वतारोहण प्रशिक्षक गेल्बु शर्पा छन् । 

त्यसैगरी, सदस्यहरुमा विश्व कीर्तिमानी आरोही छुरिम शेर्पा, सगरमाथा आरोही तासी शेर्पा, सगरमाथा आरोही सोनाम शेर्पा, हिमाली खानाका ‘फुड गुरु’ सुरेश बस्नेत, क्यानडा निवासी आरोही डेन्डी शेर्पा, सगरमाथा आरोही उषा बिष्ट, सगरमाथा आरोही तथा अन्तराष्ट्रिय माउण्टेन गाइड नीमा तासी शेर्पा, एथलेटिक्स खेलाडी सोनाम शेर्पा, होटल व्यावसायी विक्रम अधिकारी र सगरमाथा आरोही पासाङ दावा शेर्पा छन् । 

संस्थाको संरक्षकमा व्यावसायी तथा समाजसेवी गेल्जेन नुरु शेर्पा, प्रमुख सल्लाहकारमा शेर्पा केदुगका अध्यक्ष तेम्बा शेर्पा, होटल व्यावसायी रोशन बालान, कोलाराडोका व्यावसायी पाइलट पेम्बा शेर्पा र मिचिगन निवासी विश्व कीर्तिमानी आरोही पेमदोर्जी शेर्पा छन् । पर्वतीय खेलहरुलाई बिस्तार गर्ने उेद्दश्यले स्थापना भएको संस्थालाई नेपाल ओलम्पिक कमिटी, खेलकुद मन्त्रालय, सगरमाथा आरोही संघ, नेपाल क्लामिड स्पोर्टस एसोसियसन र अन्य सम्बन्धित संघ सस्थाले सहकार्य र समर्थनको प्रतिबद्धता जनाएको बताइएको छ । 

स्की, वाल क्लाइम्बिङ, माउण्टेन बाइक, प्याराग्लाइडिड, रक क्लाइमिडलगायत पर्वतीय खेलकुद गतिविधिहरुमा भाग लिने दिने तथा राष्टिय अन्तर्राष्ट्रिय खेलाडीहरुलाई सहभागिताको लागि प्रोत्साहन गर्ने उद्देश्य पनि यो संस्थाको रहेको महासचिव आचार्यले बताए । 

Advertisement

Advertisement