गैरआवासीय नेपाली संघमा चलखेल गर्ने काम तत्काल बन्द गर्न सरकारलाई पौडेलको चेतावनी

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम पूर्वअर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपाल संघ (एनआरएनए)मा चलखेल गर्ने काम तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिएका छन् । 

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उनले संघभित्र झगडा निम्त्याएर वर्तमान सरकार र सत्तारुढ दलहरुले तमासा देखाइरहेको आरोप लगाउँदै त्यस्तो कार्य तत्काल बन्द हुनुपर्ने पनि बताएका छन् । राजनीतिक हस्तक्षेपका कारण गैरआवासीय नेपाली संघ विकृति बन्दै गएको छ । 

Advertisement

गएको निर्वाचनमा राजनीतिक हस्तक्षेप र जसरी हुन्छ संगठन कब्जा गर्ने रणनीतिका कारण सत्ताप र एमाले पक्षमा विभाजित भई समानान्तर अन्तर्राष्ट्रिय समन्वय समिति बनाएर गतिविधि भइरहेको छ । एमाले पक्षधरको बद्री केसीलाई एमालेले संरक्षण गर्दै आएको छ भने आरके शर्मा समूहलाई नेपाली का्रग्रेस र माओवादी केन्द्रले संरक्षण गर्दै आएको छ । 

संघको हालै सम्पन्न निर्वाचनमा निर्वाचित कार्य समितिमाथि अविश्वास खडा गरेर सरकारले नै उनीहरुलाई कुनै राजनीतिक दलको भ्रातृ संगठनको जस्तो व्यवहार गरेको पौडेलले बताए । त्यस्तो काम सरकार र राजनीतिक दलहरुले कुनैपनि बहानामा नहुने उनले बताए । पौडेलले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एनआरएनए कोष परिचालनमा कन्जुस्याँई नगर्न पनि सरकारलाई दबाब दिए । 

सरकारले सो कोषको परिचालनमा कन्जुस्याँई गरेका कारण गैर आवासीय नेपालीहरुले ठूलो परियोजनामा लगानी गर्ने अवस्था नरहेको उपाध्यक्ष पौडेलको दाबी थियो । उनले गैर आवासीय नेपालीहरुले नागरिकता पाउने र त्यसको पूर्ण रुपमा उपयोग गर्ने कुरामा आफ्नो पार्टी प्रतिवद्ध रहेको समेत बताए । 

पौडेलले भने, ‘चुनाव लड्नुप¥यो भने प्रवासी नेपाली संघ खोज्नुपर्छ हामीले ? त्यहाँ भित्र झगडा मच्चाउनु पर्छ ? २०७९ मा चुनाव लड्यौं । अव २०८४ मा लडे भईगयो नि । जे जे प्रतिष्पर्धा गर्ने, त्यही गरेँ भइ गयो नि । गैर आवासीय नेपालीहरु भित्र खेलेर त्यत्रो एउटा साझा संगठन कुनै दल विशेषको जनसंगठन वा भ्रातृ संगठन होइन गैर आवासीय नेपाली संघ भन्ने कुरा सबैले मानेको छ । फेरि पनि त्यसलाई भ्रातृ संगठन जस्तो गरेर ह्वीप जारी गरेर, उम्मेदवार उठाएर, निर्वाचन मान्दिन भन्न लगाएर यो तमासा कुनैपनि राजनीतिक दलहरुले गर्नुहुँदैन । सरकारमा रहेका दलहरुले त गर्नु हुँदैहुँदैन । सरकारले त झन गर्नै हुँदैन । त्यसकारण यो स्थितिको शिघ्रातिशिघ्र अन्त्य होस भनेर अपेक्षा गर्न चाहन्छु । म एकहदसम्म के कुरामा सन्तुष्ट छु भने त्यतिबेला यहाँहरुले जुन प्रकारको अपेक्षा गर्नुभएको थियो । तदनुकुलका स्टेपहरु चालिएका थिए । र त्यो कोष स्थापनाका निमित्त सरकार स्वयं पनि एउटा स्केट होल्डर भएर त्यसको एउटा पार्टनर भएर यो कोष स्थापनाका निम्ति पहल गरिएको थियो । त्यसले एउटा उचाई प्राप्त गरेको थियो ।’ 

उनले थपे, ‘तर आज यो कोष घरी अर्थ मन्त्रालयले यो समस्या सृजना गरेको छ । घरी अरुले गरेको छ । यसमा अरु प्रकारका समस्याहरु पनि छन । ती समस्याहरुको जन्जालमा अल्झिएको पाउँछु । मैले बुझ्दा चाहीँ के बुझिरहेको थिए भने यो एनआरएनए कोष स्थापना गरेर संसारभरी छरिएर रहेका गैरआवासीय नेपालीहरुले त्यो कोषमार्फत एउटा भिजिबल इन्भेष्टमेन्ट नेपालमा गर्ने र नेपालको आर्थिक उन्नतिमा एउटा निर्णायक योगदान दिने जुन तपाईहरुको संकल्प हो । त्यो संकल्प सराहनीय छ । त्यो संकल्पका निम्ति अहिले जे, जस्तो कन्जुस्याईहरु गरिएका छन । त्यसबाट सरकार बाहिर आउनुपर्छ । जोसुकैको कुरा भएपनि त्यो चीजबाट बाहिर आउनुपर्छ । र, यो कोषलाई प्रभावकारी बनाउन सरकारले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । अहिले जसरी जहाँ पुग्नु पर्दथ्यो, यो कोषमा संसारभरका प्रवासी नेपालीहरुले यसमार्फत लगानी गरेर केही महत्वपूर्ण आयोजनाहरु निर्माणका काम भइसक्थ्यो । त्यो चिज हुुन सकेको छैन । त्यसका निम्ति यहाँहरुको प्रयास जारी रहोस् । आफ्नो पोजिसनअनुसार हामीले भुमिका खेल्छौं ।’

Advertisement

Advertisement