आईओसीबाट डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आयो, मूल्य घटाउन निगम अझै उदासिन

Advertisement

काठमाडौं । नेपाल आयल निगमकाअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)बाट डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको छ । 

आज शुक्रबारबाट लागू भएको नयाँ मूल्यनुसार आयल निगमले खरीद गर्ने अघिल्लो दिनसम्मको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपियाँ ५५ पैसा, डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा र हवाइ इन्धनको मूल्य प्रतिलिटर एक रुपियाँ ५० पैसाको दरले घटेको हो ।

Advertisement

अब नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपियाँ नाफा रहने छ भने डिजलमा प्रतिलिटर ५ रुपियाँभन्दा बढी घाटा रहेको निगमले जनाएको छ । नयाँ मूल्यपछि पनि मासिक २० करोड रुपियाँ नोक्सानी रहेको निगमको दाबी छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आउँदा नेपाल आयल निगमका लागि पनि मूल्य घट्ने गर्छ । सोअनुसार उपभोक्ताका लागि स्वचालित प्रणालीबाट निगमले मूल्य तय गर्नुपर्ने व्यवस्था विगतमा रहे पनि अहिले हटेको छ । 

अब इन्धनको नयाँ उपभोक्ता मूल्य समायोजनबारे भने निगम सञ्चालक समिति बैठकले निर्णय गर्ने जनाइएको छ ।  तर अझै निगमलाई इन्धनमा घाटा रहेको र पूरानो संचित नोक्सानी पनि बाँकी रहेकाले मूल्य घट्ने संभावना कम रहेको निगम स्रोतको भनाई छ । 

Advertisement

Advertisement