Advertisement

काठमाडौं । एक सफल ‘मेकअप आर्टिट’ मन्जु कार्की पाण्डे संयोगले सौन्दर्य क्षेत्रमा पुगेकी हुन् । उनको खास रुची नर्स भएर सेवा गर्ने थियो । तर समयको खेल मन्जु नर्स नभएर अहिले एक परिचित ‘मेकअप आर्टिट’ बनेकी छन् । फेन्सी पसलबाट सुरु भएको मन्जुको यस क्षेत्रको यात्रा सफल र उदाहरणीय छ । उनी अहिले सौन्दर्य प्रतियोगिताको निर्णयक समेत हुनेगरेकी छन् । मञ्जुसँगको कुराकानीको छोटो अंशः 

तपाईं कसरी ‘मेकअप आर्टिट’ बन्न सफल हुनुभयो ? 
म ‘मेकअप आर्टिट’, ब्युटिसियनसँगै समाजसेवीमा पनि आवद्ध छु । विभिन्न कार्यक्रमहरुमा जज (निर्णायक)को रुपमा पनि सहभागीता जनार्इरहेको हुन्छु । ब्युटिसियन क्षेत्रमा आवद्ध हुनुअघि मेरो आफ्नै सामान्य फेन्सी पसल थियो । एक दिन मेरो श्रीमानले सौन्दर्य प्रतियोगितातिर सहभागी हुन भनेर प्रेरित गर्नुभयो । त्योबेला मिसेस नेपालको आवेदन खुलेको मैले पत्रिकामा देखें । मेरो बहिनीले पनि दिदी यसमा सहभागी हुनु भनेर आवेदनको फारम लिएर आई । फारम भरेर बुझाएँ । अडिसन भयो । त्यसमा चुनिए । मिसेस नेपालमा सहभागी भएपछि मैले बेस्ट स्माइल, कन्फिडेन्ट, टयालेन्ट शीर्षकहरुमा जित हासिल गरिसकेपछि चाहिं मलाई धेरै सजिलो भयो काम गर्न । यहींबाट मेरो जीवनको अर्को बाटो खुल्यो । त्यसपछि मेकअपको पाठ्यक्रमहरु अध्ययन गरें र विस्तारै विभिन्न ठाउँमा तालिमहरु लिइसकेपछि ममा मेकअप आर्टिस्ट, ब्युटिसियन हुन रुची बढेर आयो । मिसेस नेपालले मेरो लागि धेरै ढोकाहरु खोल्यो ।  मेरो मेकअपको यात्रा त्यहाँबाट सुरु भयो । विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा पनि जजको लागि अफरहरु आउन थाल्यो । अहिले पनि यो कार्य  जारी छ । 

Advertisement

‘मेकअप आर्टिस्ट’ हुन्छु भने सानैदेखिको रुची थियो ?
म कक्षा ९ मा पढ्ने बेला मलाई नर्स बन्ने रुची थियो । नर्स बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । म सानैदेखि समाजसेवामा रुची राख्ने मानिस हो । मेरो छिटो विवाह भयो । विवाहपछि नर्स बन्ने रुची त्यत्तिकै हरायो । म मेकअप आर्टिस्ट नै बन्छु भन्ने चाहिं थिएन । श्रीमान र परिवारको समर्थन भएर अहिले म यो ठाउँमा छु । नर्स बन्न पाइन भनेर त्यस्तो मनमा केही छैन्् । किनभने, अहिले म मेकअप आर्टिस्टको रुपमा राम्रो गरिरहेको छु । खुःसी पनि छु । 

एक त तपाईं महिला । एउटा आमा पनि । ‘मेकअप आर्टिस्ट’को रुपमा काम गर्दा के कस्ता चुनोतीको अनुभव गर्नुभयो ?
एउटा महिला र आमालाई घरबाट बाहिर निस्किन धेरै कुराहरु सोच्नुपर्ने हुन्छ । सबै कुरा सोच्न थालेपछि घरभित्रै बसिन्छ । केही पनि गर्न सकिन्न । तर, मैले यस्ता किसिमका कुराहरु भोग्नु परेन । घरपरिवार र श्रीमानको समर्थन धेरै छ । त्यसैले मलाई यसरी बाहिर काम गर्न सजिलो भएको छ । म मेरो श्रीमानको नामले चिनुभन्दा मेरो आफ्नै नाम, कामले र परिचान बनाउने भन्ने उद्देश्यले पनि यसमा आवद्ध भएको हो । मेरा विद्यार्थीहरुले नै धेरै समस्याहरु भोगिरहेको देखिरहेको छु । उनीहरुले मलाई तालिम लिन आउँदा सुनाउँछन् । उनीहरुलाई तालिम लिन आउन लाग्दा आमाले यो काम गरेर जाउ, श्रीमानले यति काम गरेर जाउ, तिमी त्यसरी फुत्त घरबाट निस्कन पाउँदैन् भन्ने जस्ता समस्या भोगिरहेका छन् । यसरी उनीहरुले समस्या सुनाउँदा चाहिं म आफूलाई भाग्यामानी महशुस गर्छु । मैले धेरै जनालाई तालिम दिइसकेको छु । मैले तालिम दिएका विद्यार्थीहरु करिब पाँच हजार बढी पुगिसकेका छन् । धेरै ठाउँहरुमा उनीहरु आवद्ध छन् । कोही अमेरिका, मलेशिया लगायत देशहरुमा काम गरिरहेका छन् । उनीहरुले प्रगति गरेको देख्दा मलाई निकै खुःसी र गर्व लाग्छ । 

तपाईंले घरपरिवार, बालबालिका, ‘मेकअप आर्टिस्ट’, ब्युटिसियन, समाजसेवी र आफ्नो स्वस्थ्यका कुराहरु कसरी व्यवस्थित गर्नुभएको छ ? 
मैले आफ्नो हरेक दिनको दिनचर्या बनाएको छु । म बिहान ४ बजे नै उठिसक्छु । स्वास्थ्य खानेकुरा खाने, योग र ध्यान गर्छु । त्यस्तै, म शाकाहारी हुँ । चिल्लो, पिरो खानेकुरा खाँदिन । 

नेपालमा ‘मेकअप आर्टिस्ट’, ‘ब्युटिसियनको संभावना कस्तो छ ?
नेपालमा यसको संभावना एकदम राम्रो छ । माग पनि धेरै बढेको छ, नेपाली बजार र विदेश तिर पनि । अहिले सामान्यतया सबैले ‘मेकअप गरेर बाहिर निस्किन्छन । ‘मेकअप’को तालिम पनि धेरैले लिइरहेका छन् । 

Advertisement

Advertisement