माग पूरा नभए पर्यटन बोर्डमा तालाबन्दी गर्ने पर्यटन श्रमिकहरुको चेतावनी

Advertisement

काठमाडौं । पर्यटन क्षेत्रमा सक्रिय पर्यटन श्रमिक संघसंगठनहरुको संस्था संयुक्त पर्यटन ट्रेड युनियन फोरमले नेपाल पर्यटन बोर्डमा ‘फ्रि इन्डिभिज्युवल ट्रेक्स इम्फमेशन म्यानेजमेन्ट सिस्टम (एफआईटी टिम्स) हटाउन आग्रह गरेको छ ।  

फोरमले बुझाएको ध्यानाकर्षणपत्रमा ट्रेकिङ र पर्वतारोहणमा जाने एकल पर्यटकहरु हराउने समस्या बढ्दै गएको, जसका कारण पर्यटकीय गन्तव्यहरु विश्वभर असुरक्षित रहेको भनेर बदनाम हुन थालेको भन्दै यो बदनामी रोक्न नसक्ने हो भने निकट भविष्यमा पर्यटन उद्योगमा ठूलो असर पर्ने औंल्याएको छ । 

Advertisement

पर्यटन उद्योगलाई स्थापित गरी व्यवसाय र श्रमिक जोगाउनु सबैको दायित्व हो भन्दै फोरमले एफआईटी टिम्स तत्काल पूर्णरुपमा बन्द गरि ग्रुप टिम्सलाई देशव्यापीरुपमा लागू गरिनुगर्ने, ग्रुप टिम्सलाई ई-टिम्सको रुपमा विकास गरि ट्रेकिङ र पर्वतारोहणमा जाने टोलीहरुसँग अनिवार्यपथप्रदर्शक (गाइड) तथा श्रमिकहरु लिएर मात्र जान पाउने व्यवस्था गर्नुपर्ने माग गरेको छ । 

पर्यटन बोर्डको संचालन समितिको बैठकबाट समेत निर्णय भइसकेको एफआईटी टिम्सलाई तत्काल पूर्ण रुपमा बन्द गर्न आग्रह गर्दै फोरमले आफूहरुका माग बेवास्ता गरे बोर्ड विरुद्ध तालाबन्दीसम्मका आन्दोलन गर्ने चेतावनी दिएको छ । 

Advertisement

Advertisement