मोवाइलको चोरी पैठारी रोक्न ‘एमडीएमएस’ लागू भएकोमा अधिकारकर्मीको नाममा विरोध सुरु

Advertisement

काठमाडौं । मोवाइलको चोरी पैठारी रोक्न सरकारले ‘मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) लागू गरेकोमा अधिकारकर्मीको नाममा विरोध सुरु भएको छ । व्यवसायीलाई फाइदा पुग्ने गरेर एमडीएमएस लागू गरिएको भन्दै विरोध सुरु गरिएको हो । 

नेपाल दूरसञ्चार प्राधिकरणले भदौ २९ गतेदेखि नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनाधिकृत आयात नियन्त्रण गर्न यो सिस्टम सुरु गरेको थियो । यसले खुल्ला सीमाका कारण अनधिकृतरुपमा भित्रिने मोवाइललाई मात्रै नियन्त्रण नगरी अर्बौं रुपियाँको राजश्व चुहावट पनि नियन्त्रण गर्ने लक्ष्य राखिएको छ । 

Advertisement

तर सीमित व्यवसायीलाई फाइदा पुग्ने गरी एमडीएमएस लागू गरेको भन्दै बिरोध शुरु भएको हो । बजारमा कार्टेलिङ गर्ने सिमित व्यवसायीहरुको दबाबमा लागू भएको यो सिस्टम उपभोक्ता हीत र मौलिक अधिकारको बिरुद्धमा रहेको उनीहरुको तर्क छ । 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सिमित व्यक्ति र व्यवसायीहरुलाई फाइदा पुग्नेगरी व्यवसायीहरुको दबाबमा परेर मोबाइल व्यवसायमा कार्टेलिङ गर्ने काम राज्यले नै गरेको आरोप लगाए । उनले राज्यले सिमित व्यवसायिक घरनाको लागि चुनावको मुखैमा एमडीएमएस लागू गर्नु न्यायोचित नभएको उनले बताए । 

तिमिल्सिनाले विदेशमा गएर दुःख गरेर कमाएको पैसाले नेपालमा आउँदा दुई पैसा सस्तोमा ल्याउने अधिकारबाट वञ्चित गरेको बताए । उनले मोबाइल व्यवसायीहरुले उपभोक्तालाई लुट्न पाउने गरी सरकारले निर्णय गरेकाले मोबाइल व्यवसायीहरुले उत्सव मनाएको जिकिर गरे । 

त्यस्तै, उपभोक्ता हीत संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले पनि सिमित व्यवसायीको फाइदाको लागि चाडपर्वको मुखमा सरकारले मोबाइलमा एमडीएमएस प्रणाली लागू गरेको दावी गरे । उनले विदेशबाट चाडपर्वमा नेपाल फर्कंदा दुईवटा मोबाइल ल्याउन पाउने सुविधाबाट समेत वञ्चित गर्ने काम सरकारले गरेको बताए । तर प्राधिकरणले भने त्यस्तो बन्देज नगरेको स्पष्ट पारिसकेको छ । 
तिमिल्सिनाले मोबाइल आयात गरेर नेपालमा बिक्री वितरण गर्ने सिमित व्यवसायीहरु रहेको बताउँदै यस्ता कम्पनी बढीमा १३ वटा रहेको र उनीको फाइदाको लागि सरकारले काम गरेको बताए । उनले १३ कम्पनीले नेपाली बजारमा एकाधिकार कायम गर्ने र अकुत सम्पत्ति कमाउने गरी सरकारलाई नीति लागू गर्न व्यवसायीहरुले बाध्य बनाएको आरोप लगाए । 
 

Advertisement

Advertisement