कच्चा सुनको आपूर्ति बढाउन व्यवसायीहरुको आग्रह

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको आपूर्ति ब्यवस्था प्रभावकारी वनाउन सरकारसँग माग गरेको छ । 

बजारको मागको वेवास्ता गर्दै अतयन्तै न्युन मात्राामा सुनको आपूर्ति हुँदै आएकोले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासंघले तत्काल आपूर्ति ब्यवस्थामा सुधार गर्न आग्रह गरेको हो । 

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीसँग मंगलबार सिंहदरवाटरमा भेटगरी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधमिण्डलले कच्चा सुनको न्युन आपूर्तिले बजारमा परेको प्रभावका बारेमा जानकारी गराएको हो । 

सल्लाहकार सुवेदीले यस बिषयमा सम्वन्धित निकाय मार्फत पहलकदमी अगाडि बढाइने आश्वासन दिए ।  

Advertisement

पछिल्लो समयमा दैनिक १० केजी सुन बैधानिक तरिकावाट आपूर्ति हुँदै आएको छ । विगत बर्षहरुमा सिजनको समयमा दैनिक २५ किलो सुन आयात हुँदै आएको थियो । 
 

Advertisement