आज (असोज १३)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल असोज महिनाको १३ गते बिहीबार, आश्विन शुक्लपक्षको चतुर्थी तिथि । आज दूर्गापक्ष अन्तर्गत चौथो दिनको पूजा हुँदै ।

मेष 
पेशागत जीवनमा उतारचढावको अवस्था आउने भएकाले गम्भीर रुपमा कदमहरु चाल्नु होला । पैतृक सम्पत्ति र संचित भएको धन अनुत्पादक क्षेत्रमा खेर जाने खतरा देखिएकाले विचार गरेर मात्र निर्णयहरु लिनु होला । भाग्यको साथका कारण आम्दानीको अवस्था भने सकारात्मक नै रहने छ । घर घडेरीको कारोवार, होटल क्षेत्र, रेष्टुरेण्ट, सेक्युरिटी सभिर्सेज आदीमा आवद्धहरुलाई समय चुनौतिपूण रहने छ ।  शेयर बजारबाट आंशिक लाभ मिल्ने छ 

Advertisement

वृष
मनमा उदासिनताले सताउने छ । स–साना विषयलाई असाध्यै  गम्भीर रुपमा लिने स्वाभाव देखा पर्दा तनावको क्रम अत्याधिक उत्पन्न हुन जाने छ । चिसोबाट बच्ने प्रयास गर्नु होला । पेशागत जीवनमा पनि चुनौतिहरु देखा पर्ने भएकाले धैर्यतापूवक कदमहरु अघि सार्नु होला । आम्दानीमा गिरावट आउने हुँदा यसको असर पारीवारिक जीवनमा देखा पर्ने छ । संयमित रहनु पर्ने समय छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

मिथुन 
छोटो छोटो यात्रामा निस्कनु पर्ने हुन्छ । पारीवारिक जीवनमा सुख उत्पन्न हुने छ । तर बोलीमा अत्याधिक कडापनको मात्रा देखा पर्ने भएकाले यस बारेमा ध्यान दिनु होला । जीवनसाथिको साथमा कामहरु गरेमा लाभ मिल्ने छ । शारीरिक कमजोरी बढ्न जाने छ । धेरै जोखिमपूर्ण निर्णयहरु लिने बेला रहेको छैन् । पेशागत क्षेत्र भने निराश बन्ने छैन् । पत्रकारिता, वकालत, न्याय क्षेत्र, पत्रकारिता, मार्केटिङ्ग, स्टेसनरी, शिक्षा क्षेत्र आदीमा आवद्धहरुलाई समय शुभ रहेको छ । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ ।

कर्कट
उच्च मनोबलले भरिएको र प्रतिष्पर्धी व्यक्तित्व बन्ने छ । तर रिसको मात्रामा पनि भारी बढोत्तरी देखा पर्ने भएकाले रिस नियन्त्रणमा प्रयास गर्नै पर्ने हुन्छ । आन्तरिक चुतरतामा बृद्धि हुने छ । मनमा भने केही दुविधाका मात्रा देखा पर्न जाने छ । आम्दानीमा सोचे जस्तो प्रगति नहुँदा नकारात्मक विचारले मनमा स्थान पाउने छ । पेशागत जीवन भने औसत रहने छ । शेयर बजार पनि मध्यम रहने छ ।

सिंह
बौद्धिकताको मात्रामा राम्रो बृद्धि हुने छ । सैद्धान्तिक ज्ञान प्राप्तिमा निरन्तर लागि पर्न चाहने विचार आउने छ । मनमा दृढता आउने भएता पनि दुविधाका विचारहरु एकपछि अर्काे निरन्तर आइरहँदा निर्णय क्षमतामा गिरावट हुन जाने छ । प्रतिष्पर्धात्मक क्षमतामा कमि आउँदा प्रतिष्पर्धीहरुबाट हेपिने अवस्था आउने छ । पेशागत जीवनमा महत्वाकांक्षा भन्दा निरन्तरतामा जोड दिनु होला । शेयर बजारबाट फाइदा मिल्ने छ ।

कन्या
बोलीको प्रभाव बढ्ने छ । जीवनसाथिको साथ र सल्लाहमा कामहरु अघि बढाएमा प्रगति हुने छ । भाग्यहिनताको आभाषले गर्दा पैतृक सम्पत्तिको परिचालन समस्याहरु देखा पर्ने छ । विदेश यात्राका क्रमहरु सकारात्मक तर्फ जाने छन् । आम्दानीमा भने हल्का बृद्धि हुन पुग्ने हुँदा केही राहत मिल्ने छ । सार्वजनिक यातायात, ढुवानी साधन, उद्योग कलकारखाना, ठेक्कापट्टा, पत्रकारिता, मार्केटिङ्ग जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर बजार मध्यम रहने छ । 

तुला
परिवारमा किचलो देखा पर्ने छ भने बोली कडा पन आउने भएकाले संयमित रहनु होला । पेशागत क्षेत्र स्थिर रहने छ । आम्दानीमा पनि केही बृद्धि देखा पर्ने छ । ढुवानीका सावारीसाधन, सार्वजनिक सवारीसाधन, उद्योग कलकारखाना, श्रम क्षेत्र, ठेक्कापट्टा आदीमा रहेकाहरुलाई अनुकुल रहने छ । शेयर बजारबाट आशा गरे जस्तो लाभ नभए पनि घाटा पनि हुने छैन् । 

वृश्चिक
बोलीमा प्रभावकारीता देखा परेता पनि आफैले बोलेको कुरा प्रति अडान नहुने हुन्छ । रिस धेरै देखा पर्ने भएकाले यस बारेमा सतर्क रहनु होला । पेशागत जीवन अनुकुल रहने छ । शिक्षा क्षेत्र, अध्ययन अध्यापन, शिक्षण, स्टेसनरी, उद्योग कलकारखाना, सवारीसाधन आदी क्षेत्रमा रहेकाहरुलाई अनुकुल देखिन्छ । शेयर बजार औसत रहने छ ।

धनु 
व्यक्तित्व दृढ खालको हुने भएता पनि व्यक्तित्वमा दोहोरो चरित्र पनि देखा पर्ने छ । जसले गर्दा अरु व्यक्तिहरुलाई तपाईप्रतिको धारणामा अन्योलता उत्पन्न हुन जाने छ । पेशागत जीवनमा अस्थिरताको सामना गर्नु पर्ने भएकाले धैर्यतापूर्वक मात्र कदम चाल्नु होला । शेयर बजारबाट भने फाइदा मिल्ने छ । 

मकर 
मनमा खिन्नता धेरै आउने छ । लुलो खालको व्यक्तित्व हुने हुँदा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । संयमित भएर कदम चाल्नु पर्ने समय रहेको छ । पेशागत जीवनमा अस्थिरता उत्पन्न हुने छ । होटल, रेष्टुरेण्ट, डान्स बार, सेक्युरिटी सर्भिस जस्ता क्षेत्रमा आवद्धहरुलाई प्रतिकुल देखिन्छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

कुम्भ 
पेशागत जीवन स्थिर जस्तो बन्न पुगेता पनि आम्दानीमा भने अस्थिरता देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद उत्पन्न देखा पर्ने छ । दाम्पत्य जीवनमा पनि बिबाद उत्पन्न हुने हुँदा सतर्क रहनु होला । वाहन, घर घडेरी, होटल, रेष्टुरेण्ट आदी बिक्रि गर्नु पर्ने अवस्था आउने चुनौति देखिन्छ । पेशागत जीवनमा उत्पन्न हुने अवरोधहरु हटाउन मन दृढ हुने छ । शेयर बजारबाट कम मात्रै लाभ मिल्ने छ । 

मीन
बोलीको प्रभावले गर्दा पेशागत क्षेत्रमा प्रगति हुने छ । आम्दानीमा पनि बढोत्तरी हुने छ । भाग्य पनि बलियो भएका कारण सानो मेहनतबाट राम्रो आम्दानी प्राप्त हुने छ । पैतृक सम्पत्तिमा भने नोक्सानी हुने चुनौति रहेकाले संयमित रहनु होला । स्टेसनरी, पत्रकारिता, संचार क्षेत्र, वकालत, शिक्षण, अध्यापन जस्ता क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल छ । शेयर बजार अनुकुल रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement