सबैभन्दा कम उमेरमा मनास्लुको मुख्य चुचुरो पुग्ने व्यक्ति बने निमा रिन्जी शेर्पा

Advertisement

काठमाडौं । विश्वको आठौं अग्लो मनास्लु ८,१६३ मिटर हिमालको निमा रिन्जी शेर्पाले सफल आरोहण गरेका छन् । आरोहण सफल भएसँगै शेर्पा मनास्लु हिमालको मुख्य चुचुरोमा पुग्ने सबैभन्दा कान्छो आरोही बनेका छन् । 

उनले १६ वर्षको उमेर मनास्लु हिमालको सफल आरोहण गर्न सफल भएका हुन् । आज (शुक्रबार) बिहान ९ बजेर २० मिनेटमा शेर्पाले मनास्लुको मुख्य चुचुरोमा पाइला टेकेको सेभन समिट टे«कका कार्यकारी निर्देशक पासाङ फुर्बा शेर्पाले जानकारी दिए । 

Advertisement

पासाङका अनुसार निमाले आफ्नो पहिलो हिमाल आरोहण मनास्लु हिमालबाटै सुरुवात गरेका हुन् । उनी सेभन समिट टे«कका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाका छोरा हुन् । टासी पनि कान्छा आरोहीको रुपमा परिचित छन् । 

निमालाई सानैदेखि हिमाल आराहण गर्न धेरै नै रुची रहेको र परिवारमा बुबा, काकाहरु पनि पर्वतारोही नै रहेको पासाङले जानकारी दिए । निमा अहिले कक्षा ११ मा अध्यनरत छन् । कक्षा ११ को परीक्षा सकेर उनले मनास्लुको आरोहण गर्न गएका हुन् । 

Advertisement

Advertisement