विश्वकप फुटबलले गर्दा एलजीका टेलिभिजनहरुको बिक्री बढ्योः भण्डारी

Advertisement

काठमाडौं । चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सका उपमहाप्रवन्धक पुरुषोत्तम भण्डारीले कतार विश्वकप फुटवल प्रतियोगिताको मिति नजिकिएका कारण एलजी ब्राण्डका टेलिभिजनहरुको बिक्री बढेको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले एलजीका ब्राण्डहरुमा टेलिभिजनहरुको बिक्री बढेको बताउँदै यसको मुख्य कारण नजिकिँदो विश्वकर भएको बताएका हुन् । भण्डारीले  भने, ‘एलजीको टिभी एकदमै राम्रो गइरहेको छ । किनभने वल्र्ड कपका लागि मानिसहरुले अहिले नै टिभी किन्न थालिसकेको छ । प्राइस (मूल्य) पनि अहिले सस्तो  छ । पहिलोको भन्दा अहिले १५–२० प्रतिशत सस्तो छ टिभीको प्राइस ।’ 

Advertisement

विश्वकपलाई नै लक्षित गरेर टिभीको मूल्य कम भएर आएको उनले बताए । अरु बेलाको समयभन्दा विश्वकपको बेलामा ३०–४० प्रतिशत बढी टिभी बिक्ने गरेको अनुभव सुनाउँदै भण्डारीले यस पटक चुनाव पनि नजिक आइरहेकोले आर्थिक गतिविधि पनि बढ्ने भएकाले अनुमानअनुसार नै विश्वकपमा बढी टिभी बिक्ने विश्वास व्यक्त गरे । एलजीका नयाँ टिभीका मोडलहरु थप परिस्कृतरुपमा बजारमा  आएको पनि उनले बताए । 

भण्डारीले नेपालमै एलजीको टिभी उत्पादनको तयारी भइरहेको बताउँदै यही उत्पादन भएको टिभी आएपछि मूल्यमा अझै सुधार आउनसक्ने बताए । उनले अहिलेको आर्थिक मन्दीको स्थिति र अधिकांश वस्तुहरुको मूल्य बढेको बेलामा पनि एलजीका अन्य सामानहरुको मूल्य पूरानै रहेको बताए । तर मुलुकको असहज आर्थिक अवस्थाको असर एलजी जस्ता इलेक्ट्रोनिक्स सामानको बजारमा पनि परेको स्वीकार गर्दै बजार गएका सामानहरुको भुक्तानी आउन ढिलो हुने गरेको सुनाए । 
  
साथै, भण्डारीले यस पटकको चाडपर्वलक्षित कन्जुमर स्किम ग्राहकहरुले निकै मन पराएको पनि दावी गरे । उनले भने, ‘अहिलेको समय परिस्थिति जस्तो भए पनि कन्जुमर स्किम ग्राहकहरुले निकै मन पराएका छन् ।’ एलजीका हरेक टेलिभिजनहरुमा सामानमा क्यास ब्याक रहेको छ भने एलजीका अन्य सामग्रीहरुमा भने स्योरसट गिफ्टहरु रहेको भण्डारीले जानकारी दिए । 

एलजीले रेफ्रिजिरेट किन्ने ग्राहकले घरमा प्रयोग गर्ने ह्याण्ड ग्राण्डर र सिजी ब्राण्डको ग्यास चुलो पाउँछन् । त्यस्तै, एलजीको वासिङ मेशिन किन्ने ग्राहकले केन्ट ब्राण्डको इन्डक्शन र एरियल स्रफ निःशुल्क प्राप्त हुन्छ । साइड वाई साइड रेफ्रिजिरेटर किन्नेले माइक्रोओभ ओभन निःशुल्क प्राप्त हुन्छ । ‘हामीले एलजीको सामान किन्दा मानिसलाई एकदमै उपयोग हुने कुराहरु ग्राहकहरुलाई उपहारस्वरुप दिइरहेका छौं’, भण्डारीले बताए ।

Advertisement

Advertisement