दशैंको अवसरमा सनराइज बैंकको निःशुल्क बस सेवा

Advertisement

काठमाडौं । सन्राइज बैंकले  आफ्नो  १५औं वार्षिकोत्सवको अवसर र नेपालीहरुको महान् चाड दशैंलाई मध्यनजर गर्दै बुधबार निःशुल्क बस यात्राको सुविधा प्रदान गरेको छ । 

दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने कुरालाई मध्यनजर गर्दै निःशुल्क बस सेवा सञ्चालन गरेको बैंकले जनाएको छ । दशैंको टीकाको दिन साझा यातायातसँग सहकार्य गरीे बैंकले काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण साझा बसहरु निशुल्क संचालन गरेको हो । 

Advertisement

करिब ३० वटा बसहरुमार्फत बिहान ८ बजेदेखि साझ ६ बजेसम्म सेवा दिइने बैंकले जनाएको छ । बंैकले यही असोज २५ गत बार्षिकोत्सव मनाउँदै छ । 

Advertisement

Advertisement