अमेरिकाको सपना देख्नेहरुलाई खुशीको खबर, सन् २०२४ का लागि डीभीको आवेदन खुला

Advertisement

काठमाडौं । अमेरिकाले सन् २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । अमेरिकाको सपना देख्नेहरुका लागि डिभीले आकर्षण गर्ने गरेको छ । 

यो आवेदन गए राति ९ः४५ बजेबाट खुला भएको हो र आउँदो कात्तिक २२ सम्म आवेदन दिन सकिने छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार https://dvprogram.state.gov/ मा गएर आवेदन दिन सकिने छ । यस्तो आवेदन भर्न सहयोग गरेवापत शुल्क लिएर सेवा दिने धन्दा लामो समयदेखि चल्दै आएको छ । तर दूतावासले डिभी भर्न स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने जनाएको छ । 

Advertisement

Advertisement

Advertisement