शाओमीले तिहारको अवसरमा ल्यायो ‘मी’सँग तिहार ‘१२ दिन १२ टिभी’ अफर

Advertisement

काठमाडौं । विश्वका अग्रणी प्रविधि कम्पनीहरुमध्येको एक शाओमीले तिहारको अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष अफ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी वा पोको फोनको खरिदमा मी टिभी फोरएप्रो थट्टी टू जित्न सक्नेछन् । 

शाओमी नेपालका महाप्रवन्धक अमित पण्डाले नेपालमा शाओमी लन्च भएदेखि नै यसका फ्यानहरूबाट आफूहरुले अप्रत्याशित माया र समर्थन पाएको बताउँदै तिहारको अवसरमा ग्राहकहरूका लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न लागेको जानकारी दिए । 

Advertisement

गोलाप्रथामा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको क्यूआर कोड स्क्यान वा ३१००७ मा आईएमईआई नम्बर पठाउनु पर्नेछ । प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले गोलाप्रथाबाट टिभी जित्न सक्नेछन् । यो अफर कार्तिक २ देखि कार्तिक १३ गतेसम्म मान्य हुने सो ब्राण्डले जानकारी दिएको छ । 

Advertisement

Advertisement