स्पेनी राजाको नेपाल आउने चाहना

Advertisement

काठमाडौं । स्पेनका राजा फिलिप छैठौंले नेपाल भ्रमणको चाहना व्यक्त गरेको स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताएकी छन् । ढकालको ओहोदाको प्रमाणपत्र ग्रहण गर्ने क्रममा स्पेनी राजाले यसअघि आफू अनौपचारिकरुपमा मात्रै नेपालको भ्रमण गरेको स्मरण गर्दै औपचारिक भ्रमणमा आउने इच्छा व्यक्त गरेको उनले समाचार सम्प्रेषण गरेकी हुन् । 

राजा फिलिपले उपयुक्त समयमा पुनः नेपाल भ्रमण गर्ने चाहना गरेको बताउँदै ढकालले भेटका क्रममा राजाले नेपालमा कोभिड तथा हालैको बाढी पहिरोका कारण ज्यान गुमाएकाप्रति समवेदना प्रकट गरेको पनि जानकारी दिएकी छन् । 

Advertisement

राजदूत ढकालले आफूले नेपालमा कोभिड संकटका बेला युरोपियन युनियनका देशमध्ये शुरुवाती चरणमा नै स्पेनबाट मानवीय सहायता प्राप्त भएको भन्दै आभार प्रकट गरेको जानकारी दिँदै दुई देशबीचको सम्बन्ध विस्तारमा आफ्नो योजना तथा कार्यक्रमबारे राजालाई जानकारी गराएको बताएकी छन् । 

भेटका क्रममा राजासँगै त्यहाँका परराष्ट्र सचिव र अन्य विशिष्ट अधिकारीहरु सहभागी रहेको जनाइएको छ । ढकाल यसअघि ओमनको राजदूतका रुपमा काम गरेकी थिइन् । 

Advertisement

Advertisement