तीन महिनामै झण्डै पाँच खर्बको आयात, निर्यात ३५ प्रतिशतले घट्यो

Advertisement

काठमाडौं । भन्सार विभागले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा व्यापार घाटा तीन खर्ब ५९ अर्ब नाघेको बताएको छ । विभागले सार्वजनिक गरेको विवरणअनुसार यही गएको असोजसम्म कुल व्यापार घाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपियाँ पुगेको छ जुन गएको भदौ महिनाको भन्दा एक खर्ब १४ अर्ब रुपियाँले धेरै हो ।

समीक्षा अवधिमा चार खर्ब ९९ करोड ८३ लाख रुपियाँ बराबरको वस्तु तथा सेवा आयात गर्दा निर्यात भने ४१ अर्ब ८२ करोडमा सीमित भएको छ । अघिल्लो बर्षको सोही अवधिको तुलनामा पहिलो तीन महिनमा आयात १६.२० प्रतिशतले घटेको देखिएको छ भने निर्यात ३५.७१ प्रतिशतले र व्यापार घाटा १३.१३ प्रतिशतले घटेको छ ।

Advertisement

Advertisement

Advertisement