एनआईसी एशियाको सीईओमा रोशन न्यौपाने दोहोरिए

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशन न्यौपाने पुनः चार बर्षका लागि दोहोरिएका छन् । 

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले न्यौपानेलाई पुर्ननियुक्त गर्ने निर्णय गरेको हो । उनलाई मंसिर १५ गतेदेखि लागू हुनेगरी थप ४ वर्षको लागि पुर्ननियुक्त गरिएको बैंकले जनाएको छ । 

Advertisement

सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको रुपमा बैंकको सेवामा जोडिएका न्यौपाने बाणिज्य बैंकहरुको सबैभन्दा कान्छो सीईओको रुपमा चिनिदै आएका थिए । 

उनी प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक सीईओ, निमित्त सीईओ र सीईओ बन्न सफल भएका थिए । बैंक व्यवस्थापनको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै उनले विविध सूचांकहरुमा उत्साहजनक व्यवसायिक उचाइ हासिल गरेको एनआईसी एशियाले जनाएको छ । 

Advertisement

सहायक सीईओ भएपछि न्यौपानेको नेतृत्वमा बैंकलाई मध्यमस्तरको बैंकबाट उच्च स्थानको बैंकमा पुर्याउने गरी सन् २०१४ मा पञ्चवर्षीय एकीकृत रणनीतिक योजना तयार गरको र  सोही योजनाअनुसार आर्थिक बर्ष सन् २०१९–२० सम्ममा बैंक कर्जा, निक्षेप, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिशेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, शाखा सञ्जाल लगायतका अधिकांश वित्तीय तथा गैर वित्तीय परिसूचकहरुमा बैंकिङ क्षेत्रकै उत्कृष्ट बन्न सफल सो बैंकको विज्ञप्तिमा उल्लेख छ । 

न्यौपानेले सीईओ बनेपछिको प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै अधिकांश सूचकहरुमा अग्रणी स्थान हासिल गर्न सफल भएको बैंकको भनाई छ । एनआईसी एशियाले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एक अर्ब ७५ करोड रुपियाँसहित सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको थियो । 

Advertisement