रुट निर्माण गर्दै विश्व कीर्तिमानी आरोही सानु र लाल वाइबाद्वारा गाङछेंपोको सफल आरोहण

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही सानु शेर्पा र लालबहादुर वाईबाले सिन्धुपाल्चोकतर्फबाट पहिलो पटक गाङछेंपो हिमाल (६,३७८ मिटर)को सफल आरोहण गरेका छन् । 

आरोहण दलका संयोजक तथा मोगानका अध्यक्ष संजिव गुरुङले शेर्पा र वाईबा सोमबार दिउँसो ४ बजे गाङछेंपोको सफल आरोहण गरेको बताए । 

Advertisement

हाईक्याम्प (४,७०० मिटर)बाट करिब १२ घण्टा लगाएर नयाँ रुट खुलाएर उनीहरु सफतापूर्वक आरोहण गर्न सफल भएको उनले जानकारी दिए । गुरुङले भने, ‘बाटो सामान्य थियो र विना कुनै झन्झट सजिलै नयाँ रुट खुलाउँदै चुचुरो पुग्न सफल भएका छन् हाम्रा दुई पर्वातारोही ।’

इटालीका प्याराग्लाइडिङ टोलीका विश्व च्याम्पियन सिमोन सालभाग्निन र सगरमाथा आरोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड लुका मोन्टानारी र डी एमिलिया अलेसेन्ड्रो, डेला मुरा मार्कोसहित नेपाली आरोहीको टोली आरोहणको लागि ओक्टोबर २९ आरोहण सुरु गरे पनि शेर्पा र वाइबा रुट निर्माण गर्दै पहिले न
 चुचुरोमा पुग्न सफल भएका हुन् ।   

गाङछेंपो हिमाल नेपालको हिमालय क्षेत्रको जुगल पर्वत शृङ्खलामा पर्छ । यो हिमाल रसुवामा अवस्थित छ । गाङछेंपो काठमाडौंदेखि नजिक रहेकोले आरोहणको लागि राम्रो व्यवसायिक संभावना बोकेको चुली भएको पर्यटन व्यवसायीहरुको भनाई छ ।  

Advertisement

Advertisement