तीन दिदीबहिनी सातै महादेशका अग्ला शिखर चढेर कीर्तिमान बनाउने दौडमा, एल्ब्रस चढ्न गए

Advertisement

काठमाडौं । विश्व कीर्तिमानको लक्ष्यसहित निस्किएका एकै परिवारका तीन जना दिदीबहिनी एल्ब्रस हिमाल आराहणको लागि रुस प्रस्थान गरेका छन् । 

यसअघि उनीहरुले सगरमाथाको सफल आरोहण गरिसकेका  छन् । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ निवासी निमा जाङ्बुु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुुटी शेर्पा कीर्तिमान कायम गर्ने दौडमा लागेका हुन् । 

Advertisement

उनीहरु बुधबार रुस प्रस्थान गरेको इमाजिन नेपाल ट्रेक्सले जानकारी दियो । तिनै जानले सबै महादेशका अग्ला शिखरको आरोहण गरी विश्वमा रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन् ।

एल्ब्रसको सफल आरोहणपछि अफ्रिकाको अग्लो हिमाल किलिमन्जरो (५,८९५ मिटर) र अर्जेन्टिनाको अग्लो हिमाल अकोनकागुवा (६,९६१ मिटर)को आरोहण गर्ने योजना उनीहरुको रहेको छ । 

Advertisement

Advertisement