सिटी एक्सप्रेसको मेगा बम्पर उपहारः रायमाझीले पाए पाँच तोला सुन

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत मेगा बम्पर उपहार ५ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी अरब बाट रेमिटान्स पठाउने जिवन रायमाझीले ५ तोला सुन जित्न सफल भएका हुन् ।  

सिटी एक्सप्रेसले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो । 

Advertisement

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै  ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई  आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो । 

जसअन्तर्गत १००८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर) , ९ जनाले साप्ताहिक उपहार (१०/ १० तोला चाँंदी ) र २ जनाले मासिक उपहार (१/ १ तोला सुन ) जित्न सफल भईसकेका छन् ।  


 

Advertisement