रेमिट्यान्स १६.८ प्रतिशतले बढ्यो, तीन महिनामा दुई खर्ब ८१ अर्ब भित्रियो

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.८ प्रतिशतले वृद्धि भई रु.२८१ अर्ब ५ करोड रुपियमा भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले आज तीन महिनाको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

Advertisement

अघिल्लो वर्षको सोहीअवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीकोसंख्या १२३.१ प्रतिशतले वृद्धि भई १,४७,९३२ पुगेको छ । 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेनेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७,८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई रु.३१० अर्ब ४३ करोड प्राप्त भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो ।

Advertisement