काठमाडौं । एकीकृत बागमती सभ्यता विकास समितिको सुचनाअनुसार वागमती नदि अतिक्रमण गरी बसेका सुकुम्वासीहरुको घर टहरा हटाउने क्रममा आन्दोलनकारीको ढुंगा लागेर काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे घाइते भएका छन् ।
एकीकृत बागमती सभ्यता विकास समितिले घर टहरा हटाउन गएको मंसिर ४ गतेलाई अन्तिम समय दिए पनि अटेर गरेको भन्दै महानगरपालिकाको प्रहरी टोली डोजर लिएर थापाथलीस्थित अतिक्रमित स्थल पुगेसँगै सुकुम्वासीहरुले ढुंगामुढा गरेका हुन् ।