भद्रकालीको मुख्य पिठ सिन्धुलीको ढुङ्ग्रेबासमा, मुल पुजारी तेजबहादुर दर्लामी मगर

Advertisement

काठमाडौं । भद्रकाली मन्दिर भन्ने बित्तिकै अधिकांशको ध्यान राजधानीको सैनिक मुख्यालय अगाडिको मन्दिरलाई सम्झने गर्दछन् । तर भद्रकालीको मुख्य पीठ कहाँ हो ? उनीहरुलाई थाहा छैन् । यस मन्दिरको मुख्य पीठ सिन्धुलीको ढुङ्ग्रेबासमा रहेको छ । 

नेपालका प्रख्यात मन्दिरमध्येको एक हो भद्रकाली । यसको पीठ भने काठमाडौंबाट यातायातको साधनबाट जाँदा करिब ४ घण्टाको दूरीमा रहेको छ । यो मन्दिर सिन्धुलीगढी र सेल्फिडाँडाको बिचमा पर्दछ । यस मन्दिरको मुल पुजारी तेजबहादुर दर्लामी मगर हुन् । 

Advertisement

यस पुरातन भद्रकाली मन्दिरलाई गोरखाकी भगवती मनकामनाको बहिनीको रुपमा पुग्ने गरिन्छ । मुल पुजारी मगरका अनुसार पृथ्वीनारायण शाह स्वयंमले यो मन्दिर स्थापना गरेको भनेर विभिन्न लेखहरूमा पनि पाइन्छ ।

अट्ठारौं शताब्दीमा गोर्खा सिपाही र बेलायती आक्रमणकारीको बीचमा लडाईं हुँदा विजय प्राप्त होस् भनेर पृथ्वीनारायण शाहले मनकामना देवीको प्रतिक मानेर भद्रकालीको मन्दिर स्थापना गरेको उनले बताए । पृथ्वीनारायण शाहले भद्रकालीको पुजा गरेको र युद्ध पनि जितेको धार्मिक विश्वास रहेको बताउँदै मगरले पृथ्वीनारायण शाहले सिन्धुलीको थापना धेरै टाडा भयो भनेर काठमाडौंमा थापना राखेको भन्ने विश्वास रहेको बताए । 

उनले भने, मुख्य भद्रकाली देवी यिनै हुन् । यस मन्दिरमा सिन्धुलीगढी र दोलखामा तैनाथ नेपाली सेनाका टुकडीहरूले दशैंसहित विभिन्न पर्वमा सलामी दिने गर्दछन् । भद्रकाली देवीको पुजा गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।’ 

काठमाडौंको भद्रकाली मन्दिरमा हरेक दिन दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । तर, भद्रकालीको मुख्य पीठ ढुंग्रेबासस्थित मन्दिरमा भने कम मानिस आउँछन् । भद्रकालीको मुख्य पीठ भनेर चिन्नेहरु भने आउने गरेको मुल पुजारी मगरले बताए ।  

Advertisement

Advertisement