हाम्रा युवा विदेश जाने, यहाँका कम्पनीमा चाहिं विदेशी कर्मचारी आउने क्रम बढेको छः श्रममन्त्री

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले  देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरुको आकर्षण नभएकाले विदेशीने गरेको बताएका छन् । आइतवार नेपाल एफएम नेटवर्कको वार्षिकोत्सवमा उनले स्वदेशमै नयाँ व्यवसायहरु खोलेर उनीहरुलाई रोजगारीको वातावरण मिलाउनुपर्ने बताए । 

कुँवरले नेपालमा रहेका कम्पनीहरुमा काम गर्ने नेपाली मजदुरहरु भन्दा विदेशीहरु ब्ढिरहेको भन्दै नेपाली श्रमिकहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताए । उनले गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक रहेको बताए । 

Advertisement

कुँवरले लुकेर र भिजिट भिसामा विदेशमा गइ काम गर्नेहरुका लागि कुनै समस्या परे राज्यले दिने सेवा, सुविधा नपाउने बताए । उनले भिजिट भिसामा विदेशमा काम गर्न जाने श्रमिकहरुको नियमन गर्न नसकेको बताए । कुँवरले गत ३ वर्षको तथ्यांकअनुसार ४६ लाख नेपाली नागरिकहरु विदेश गएको बताए । 

नेपालको कुल जनसंख्यामध्ये झन्डै आधा विदेशमा रोजगारीको लागि गएको भन्दै कुँयसलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा गम्भीर हुन आवश्यक रहेको बताए । उनले भने, ‘रोजगारी सिर्जना गर्न हामीले सकेका छैनौँ । जहाँ रोजगारी सिर्जना भएको छ, त्यहाँ नेपाली श्रमिकहरुको आकर्षण पनि छैन । मजदुरहरुको अवस्था हेर्दा विदेशी धेरै छन् । नेपालीहरु कम मात्रै देखिन्छन् नेपालका कम्पनीहरुमा काम गर्ने । हामी खाडीमा गइरहेका छाँै । हामीले मजदुरी प्राप्त गर्नुपर्ने ठाउँमा हाम्रा मजदुर छैनन् । केही पैसा आउने ठाउँमा हाम्रा मजदुरहरु छैनन् । गलैंचा, इलेक्ट्रिक सामान, सुनचाँदी, होटल व्यवसाय अधिकांश क्षेत्रमा मजदुरी अर्कोले ओगटेको छ ।’ 

मन्त्री कुँवरले श्रम मन्त्रालयबाट विदेशबाट फर्किएकाहरुका लागि पुनः एकीकरणको कार्यक्रम ल्याइएको बताए । यस कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए । कुँवरले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउनसके १० लाखसम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसक्ने दाबी गरे । 

Advertisement

Advertisement