बेनेलीको एक्सक्लुसीभ शोरुम अब पोखरामा

Advertisement

काठमाडौं । बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले आज पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ । 

बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको छ । अहिले नेपालमा विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् ।

Advertisement

पोखरामा नयाँ शोरुम १८०० वर्गफुटमा निर्माण गरिएको छ । जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १५०० वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ । यो शोरुममा घक् सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुनेछन् । पोखरामा नयाँ शोरुम खोलेर बेनेलीले आफ्ना ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्नेमा कम्पनी विश्वस्त छ ।

बेनेलीले नयाँ शोरुमको उद्घघाटनको उपलक्ष्यमा रु. ३०,००० छुट, एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन रु. ४०,०००, न्यूनतम डाउन पेमेन्ट रु. ६०,०००, र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा ० प्रतिशत ब्याजदर प्रदान गर्नेे भएको छ । साथै, विद्यमान ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । 

Advertisement

Advertisement